‘सञ्चारले दायित्व पूरा गर्नुपर्छ’

समाधान सम्वाददाता
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सञ्चार जगतले राज्यका दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा शनिबार पोखरामा शुभारम्भ गर्दै उनले समग्र पत्रकार एवं सञ्चार जगतले राज्यसँग जे अपेक्षा गरेको हुन्छ सोही अनुसार सञ्चार माध्यमले पनि योगदान पु¥याउनुपर्ने उनको भनाइ थियो ।
।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयकले संविधानको प्रस्तावना अनुकूल नभएको र लोकतान्त्रिक आन्दोलनको म्यान्डेट विपरित रहेकाले महासंघ र सिंगो नेपाली मिडिया आन्दोलनमा उत्रनु परेको बताए ।
राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमिल्सिनाले सूचनाको हक प्रयोग गर्न र सार्वजनिक सरोकारका विषयमा आम नागरिकले चासो लिनुपर्ने सुभाव दिए । प्रदेशसभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले सूचनालाई बन्देज गरिए लोकतन्त्र सुदृढ नहुने भएकाले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव उभिने स्पष्ट परे ।
कार्यक्रममा गण्डकी प्रदेभसभा सदस्य हरिशरण आचार्य, महासंघ प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेल, महासचिव गणेश पौडेल लगायतले कुनै पनि बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न नहुने र सञ्चारकर्मीले पनि आचारसंहितामा रहेर मर्यादित र तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
साधारणसभामा महासंघ गण्डकीको पहलमा अमेरिका निवासी भीष्म अधिकारीबाट प्राप्त ३ लाख तथा पोखरा समाज सिड्नीका महासचिव दीपक पहारीबाट प्राप्त १० हजार सहयोग केही दिनअघि आगलागीबाट क्षति पुगेर प्रसारण बन्द भएको पर्वतको सामूदायिक रेडियो ‘रेडियो पर्वत’ का अध्यक्ष भोलानाथ शर्मालाई हस्तान्तरण गरिएको थियो ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया