एमाले गण्डकी अधिवशेनको लोगो सार्वजनिक

पोखरा ।
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले आउँदो १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम अधिवेशनको लोगो मंगलबार सार्वजनिक गरेको छ । अधिवेशन प्रचार समितिले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्वजनिक गरेको हो ।
लोगो सार्वजनिक गर्दै एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिवेसनलाई ऐतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिए ।
बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति बनाएको छ । प्रचार उपसमिति सदस्य रामजीप्रसाद लम्सालका अनुसार प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम अधिवेशन प्रचार प्रसार समिति संयोजक तथा प्रदेश कमिटीका उपसचिव रश्मि आचार्यले सञ्चालन गरेका थिए ।
अधिवेशनमा करिब ९०० जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने जानकारी अध्यक्ष नवराज शर्माले जानकारी दिए । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १५ गते अमरसिंहचौरमा उद्घाटन गर्ने कार्यक्रम छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया