जनताले प्रत्यक्ष अनुभूत हुने खालको काम गर्न चाहन्छुः वडा अध्यक्ष लामिछाने

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जनताले प्रत्यक्ष अनुभूत हुने खालको विकास निर्माण गर्न चाहेको बताएका छन् । पोखरा २८ कालिकामा निर्माण भएको गैराथर—सिल्पा सडकको उदघाटन गर्दै वडाध्यक्ष लामिछानेले उक्त कुरा बताएका हुन् ।
महानगरपालिका भए पनि पोखरा २८ को अधिकांश भाग भूगोलको हिसाबले विकट रहेकाले ग्रामीण क्षेत्रको विकासको मूल आधार भनेकै सडक सञ्जाल भएको उनले बताए ।वडाध्यक्ष लामिछानेले पोखरा २८ को ऐतिहासिकता बुझ्न नयाँ पुस्तालाई आग्रह गर्दै कृषि र पर्यटनको प्रचुर सम्भावना भएको सुनाए । वडा सदस्य डाल्डादेवी भुजेलले सामाजिक काम गर्न निकै गारो रहेको बताउँदै यसमा सबै आ–आफ्नो ठाउँबाट सयोग गर्न आग्रह गरिन् ।
वडा सदस्य वीरेन्द्र भण्डारीले पोखरा २८ को विकासमा गैराथर—सिल्पा सडकले विशेष महत्व राख्ने बताए । सडक निर्माण अनुगमन समितिका संयोजक विश्वरमण अधिकारीले बाटो निर्माणमा सयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका थिए ।
गैराथर—सिल्पा सडक निर्माण समिति अध्यक्ष बालकृष्ण त्रिपाठीले सबै सरोकारवालाको सहयोगबाट बाटो निर्माण सम्पन्न गरिएको भन्दै सडक स्तरोन्नति गरी बाहै्र महिना सञ्चालन हुने कुरामा आफू ढुक्क रहेको सुनाए ।
गैराथर—सिल्पा सडक निर्माण समितिकी सचिव विष्णु सुवेदीले सञ्चालन गरेको कार्यक्रममा वडाका योजनाका समितिहरु समेत गठन गरिएको थियो । करिब २०३ मिटर लम्बाइ ढलान गरिएको गैराथर—सिल्पा सडक पोखरा महानगरपालिकाबाट विनियोजित २० बिस लाख तथा उपभोक्ता समितिबाट २ लाख ४४ हजार २७ गरी २२ लाख ४४ हजार २७ निर्माण सम्पन्न भएको थियो ।









कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया