लमजुङमा डाक्टरमाथि हात हाल्ने वडाध्यक्ष पक्राउ

पोखरा ।
लमजुङको बेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषि बस्नेत लमजुङ जिल्ला अस्पतालका डा. सन्दीप अधिकारीलाई हातपात गरेको आरोपमा पक्राऊ परेका छन् ।
वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए । डाक्टरसँगको विवादपछि वडाध्यक्षले मुक्का प्रहार गरेको चपाईंले बताए । ‘वडाध्यक्षज्यूले आमालाई उपचारका लागि अस्पताल लैजानुभएको रहेछ, उपचारका क्रममा विवाद हुँदा उहाँले डाक्टरलाई मोबाइलले प्रहार गर्नुभएको रहेछ, मापसे पनि गर्नुभएको रहेछ, मुक्का पनि प्रहार भएको भनेर डाक्टरहरुले भन्नुभएको छ,’ उनले भने ।
घटना मिलाउन बिहानैदेखि छलफल भएको थियो । तर, मिल्न नसकेपछि डाक्टरहरुले उजुरी दिने तयारी गरेको लमजुङ प्रहरीका सूचना अधिकारी चपाईंले बताए ।
‘वडाध्यक्ष भएको भएरै मिलेर जाने भन्ने थियो । बिहानैदेखि छलफल गरिरहेका छौं । अहिले छलफल नटुगिंएपछि उहाँहरु (डाक्टर) उजुरी दिने भनेर जानुभएको छ’, उनले भने ।
उनका अनुसार वडाध्यक्ष बस्नेत प्रहरी नियन्त्रणमै छन् । उजुरी नपरे पनि वडाध्यक्ष बस्नेतलाई प्रहरी नियन्त्रणमै राखिएको चपाईंले बताए । उनले भने, ‘उजुरी परिसकेको छैन । तर, उहाँ प्रहरी नियन्त्रणमै हुनुहुन्छ ।’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल तिवारीले भर्ना प्रोसेस गर्ने क्रममा डाक्टरकै कक्षमा आएर बस्नेतले हातपात गरेको बताए ।
‘घटना राति १० बजेको हो । उहाँले मादकपदार्थ पनि सेवन गर्नुभएको थियो । भर्ना प्रोसेस गर्ने क्रममा डाक्टरकै कक्षमा उहाँ (वडाध्यक्ष)ले हातपात गर्नुभयो । अस्पतालका साथीहरुले उहाँलाई रोक्नुभएको रहेछ’, उनले भने ।
मेसु तिवारीले आफूहरु कानूनी रुपमै अगाडि बढ्नुपर्ने तयारीमा रहेको बताए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया