मिटरमा नचल्ने ट्याक्सीलाई ५ हजार जरिवाना

पोखरा ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले पोखरा उपत्यकामा लागू गरेको ट्याक्सीमा मिटर प्रणालीलाई प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने भएको छ ।
मन्त्रालयले भदौ १ गतेदखि पोखरा उपत्यकामा लागू गरिएको अनिवार्य मिटर प्रणालीबाट सर्वसाधारण यात्रुलाई राहत मिलेकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने निर्णय गरेको हो ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको अध्यक्षतामा सुरक्षा अधिकारी, मन्त्रालयका अधिकारी र यातायात कार्यालयका प्रमुखको मंगलबार पोखरामा बसेको बैठकले मिटर प्रणाली कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमनलाई तीव्रता दिने र जरिवाना दर बढाउने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवत्ता तथा यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले हालसम्म मिटरमा चल्न नमान्ने ट्याक्सीलाई २ हजार १ सयका दरले जरिवाना तिराउने गरिएकोमा अबदेखि जरिवाना न्यूनतम ५ हजार पु¥याउने निर्णय भएको जानकारी दिए ।
बैठकमा राजमार्ग सुरक्षा तथा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन तिमिल्सिना, यातायात व्यवस्था कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिजाल, ट्राफिक प्रहरी निरीक्षक भानु शर्मा, वरिष्ठ प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठक र मन्त्रालयका अधिकारीहरुको सहभागिता थियो ।
मिटरमा चल्न नमाल्ने १ सय १७ ट्याक्सीलाई हालसम्म कारबाही गरिएको र केही ट्याक्सी कारबाहीको प्रक्रियामा रहेका ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । मिटरमा नगुड्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने रणनीति लिइएको मन्त्रालयले जनाएको छ ।
‘ट्याक्सी मिटरमा चले÷नचलेकाबारे मन्त्रालयबाट नियमित रुपमा कडाइका साथ अनुगमन गरिरहेका छौं,’ मन्त्री जुग्जालीले भने, ‘कुनै ट्याक्सीले मिटरमा चल्न नमानेमा तुरुन्तै ट्राफिक प्रहरी, यातायात कार्यालय र मन्त्रालयमा उजुरी गर्न सक्नुहुन्छ । यात्रुको गुनासो तत्कालै सम्बोधन र मिटरमा नचल्ने ट्याक्सीलाई सवारी ऐन अन्तर्गत कारबाही हुन्छ ।’
ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो । ट्याक्सी व्यवसायीहरुसँग विभिन्न चरणमा छलफल गरि मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्ने निर्णय भएको थियो ।
विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । २ वर्षअघि समायोजन गरेको भाडादर अनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० र त्यसपछि प्रति २ सय मिटरको १० तोकिएको छ ।
१५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रूपैयाँ ५० पैसा कायम गरिएको थियो । केही ट्याक्सी व्यवसायीले पछिल्लो समय इन्धन र सवारी साधनका उपकरणमा भएको मूल्यवृद्धि अनुसार भाडा समायोजन नभएको भन्दै मिटरमा चल्न आनाकानी गरेको यात्रुले गुनासो गरेका छन् । भाडादर समायोजनको विषयमा पनि मन्त्रालय गृहकार्यमा जुटिरहेको बताउँदै प्रवक्ता पौडेलले यातायात व्यवसायीहरुले विगतमा गरेको प्रतिवद्धता कार्यान्वयनमा जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया