गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा

पोखरा ।
जिल्ला समन्वय समिति जिल्ला समन्वय समिति कास्कीद्वारा गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा बुधबारदेखि सुरु भएको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कास्कीका पालिकामा क्रियाशील गैरसरकारी संस्थाहरू विकासका सारथि भएको भन्दै विकासमा थप प्रभावकारी नीति निर्माण गर्न आग्रह गरे ।
विभिन्न समयक्रममा देशको विकासमा महत्वपूर्ण योगदान प्रदान गरेका गैरसरकारी संस्थाहरू नाफामुखी भन्दा सेवामुखी हुनुपर्नेमा जोड दिँदै पौडेलले कार्यक्रमले कमजोरीहरूको न्यूनीकरण गर्दै समृद्ध कास्की निर्माणको महान अभिभारा पूरा गर्न फलदायी हुनुपर्ने उल्लेख गरे ।
प्रमुख पौडेलले सो कुरा जिल्ला समन्वय समिति कास्कीद्वारा आयोजना गरिएको गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै बताए । पौडेलले कतिपय संस्थाहरूको सञ्चालित कार्यक्रम परम्परागत र अपारदर्शी हुने गरेको जनगुनासो बढेको उल्लेख गर्दै गैरसरकारी संस्थाहरूको महत्वपूर्ण हुने बताउँदै अझ गहन समन्वय र सहकार्यमा लाग्न आग्रह गरे ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, कास्कीका अध्यक्ष डाक्टर बुद्धिबहादुर थापा, महासंघकै गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्का, जिल्ला प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत नवराज बराल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यस अवसरमा हिमालय लाइफ नेपाल, बाल कल्याण संस्था,कोपिला नेपाल, आमा मिलन केन्द्र, राइट फर चिल्ड्रेन, स्टार चिल्ड्रेन, दयाको सेवा नेपाल, सिडब्लुएसएन गोनेशा नेपाल ले वार्षिक समीक्षा प्रस्तुत गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए । प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया