लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा लामिछानेको नेतृत्व

लेखनाथ ।
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको १०औं साधारण सभा तथा छैटौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ ।
सर्वसम्मत रुपमा समितिको अध्यक्षमा विष्णुप्रसाद लमिछाने चयन भएका छन् । समितिको उपाध्यक्षमा सुधनराज अधिकारी, सचिवमा कृष्ण पौडेल, सह–सचिवमा तेजकुमारी शाही राणा, कोषाध्यक्षमा संगीता बाँस्तोला, सदस्यमा बलप्रसाद पौडेल, तारानाथ भट्टराई, मेखबहादुर गुरुङ, भुवन तिवारी र रीता नेपाली छन् ।
अध्यक्षमा चयन भएपछि प्रतिक्रिया दिँदै लामिछानेले संस्थाका विभिन्न कार्यक्रम र कार्ययोजनालाई समय सापेक्ष परिमार्जन गर्दै व्यवसायमा आधुनिकीकरण गर्ने प्रयास गर्ने बताए । सम्पूर्ण कुटानी पिसानी व्वयवसायीहरुको शिर कहिल्यै नझुक्ने गरी सबैलाई समेटेर कार्य गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
यसअघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले संघ सम्पूर्ण उद्योगी व्यवसायीहरुको साझा संस्था भएको बताउँदै संस्थागत सदस्यको रुपमा आवद्ध हुन आग्रह गरे ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामजी पौडेल, होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल, संसथाका सल्लाहकार टीकाप्रसाद खनाल, कार्यसमिति सदस्य कृष्णप्रसाद पौडेल, व्यवसायीहरुको तर्फबाट वीरेन्द्र बानिया लगायतले बोलेका थिए ।
उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष टीकाराम भुर्तेलको अध्यक्षतामा समपन्न भएको कार्यक्रमको सञ्चालन सचिव सुधनराज अधिकारीले गरेका थिए । धन्यवाद ज्ञापन उपाध्यक्ष विष्णु गौतमले गरेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया