नेकपा एस नवलपुरको सिंगो कमिटीले गर्यो पार्टी परित्याग घोषणा

पोखरा
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी नवरपुरका अध्यक्ष झविलाल रानासहितको सिंगो टिमले पार्टी परित्याग घोषणा गरेका छन् । प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष रानासहितका ३१ जना नेताले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
रानासहित उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कँडेल र समाजवादी पे्रस संगठनका केन्द्रीय सदस्य खगेन्द्र पराजुलीले पार्टी परित्यागको घोषणा गरेका छन् । जिल्ला सदस्य ऋषिराम डुम्रे, मनरखा झेंडी, राजु चापागाई, धनलाल भुसाल, सीता अधिकारी पराजुली, होमकुमारी पोख्रेल, सुन्दरजंग कुँवर र सूर्यप्रसाद कँडेल पनि पार्टी परित्याग गर्ने सूचीमा छन् ।
पार्टी परित्याग गर्नेमा जिल्ला सदस्य मनबहादुर सारु, दधिराम पाण्डे, ईन्द्र चापागाई, पूणर्बहादुर सोती, मोहनराज घिमिरे, प्रेमकुमारी शर्मा, नमकान्त भुसाल, लीला सुनार, अर्जुन विक र विजय भण्डारी पनि छन् ।
विभिन्न कमिटी र जनवर्गीय संगठनको जिम्मेवारी भूमिकामा रहेकाहरूले असोज ५ गतेका दिन पार्टीको केन्द्रीय कमिटी र गण्डकी प्रदेश कमिटीमा गराइएको ध्यानाकर्षणका सम्बन्धमा कुनै सुनुवाई, छलफल, निणर्य समेत नभएको हुँदा पार्टीमा रहिरहनुको औचित्य समाप्त भएको भन्दै उनीहरु पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
‘आजका मितिदेखि कम्युनिष्ट विचारधाराबाट भने विचलन नहुने प्रतिवद्धताका साथ हामी आवद्ध पार्टी नेकपा (एस) को साधारण सदस्य समेत नरहने गरी सामुहिक रूपमा पार्टी परित्याग गरिएको घोषणा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया