हेमजा उद्योग, व्यवसायमा शुभकामना

पोखरा ।
हेमजा उद्योग व्यवसाय समिति पोखरा २५ हेमजाको आयोजनामा शनिबार शुभकामना आदानप्रदान भएको छ । समिति दर्ता भई पहिलो कार्यक्रम दसैं, तिहार, नेपाल संवत्, छठ पर्व तथा इद पर्वको शुभकामना आदानप्रदान गरिएको हो ।
सो अवसरमा पोखरा २५ अध्यक्ष मोतीलाल तिमिल्सिनाले बाटो, पुल बन्दैमा विकास नहुने बताउँदै आयआर्जनमा पनि लाग्नुपर्नेमा जोड दिए । हेमजामा व्यवसाय बढिरहेको उल्लेख गर्दै उनले वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
माछापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा सदस्य विस्तार गर्ने लक्ष्य रहेको समिति संयोजक मीनराज तिमिल्सिनाले बताए ।
कार्यक्रममा वडा सदस्य कृष्णबहादुर कुँवर, पोखरा उधोग बाणिज्य संघका सदस्य बालकृष्ण कोइराला, पर्यटन व्यवसायी विश्वराज अधिकारी, पूर्व संयोजक रुद्रनाथ पौडेल, मनोरथ सापकोटा, सदस्य धुव्रबहादुर परियार, सदस्य पार्वती पौडेल र सचिव राजेन्द्र बास्तोलाले बोलेका थिए ।
समितिमा अहिले १ सय १४ सदस्य रहेको कोषाध्यक्ष तीर्थराज देवकोटाले बताए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया