सौन्दर्यकला व्यवसायी संघमा सिग्देलको नेतृत्व

पोखरा ।
१ दशकपछि सौन्दर्यकला व्यवसायी संघ कास्कीले सोनु सिग्देलको नेतृत्वमा नयाँ अध्यक्ष पाएको छ । संस्थाका सल्लाहकार, संस्थापक सदस्यहरु तथा कार्यसमिति सदस्यहरुको समर्थनमा आइतबार सिग्देललाई अध्यक्ष तथा उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ रञ्जितलाई चयन गरिएको हो ।
संस्थाका केन्द्रीय सदस्य तथा संस्थापक चन्द्र प्रधानले सिग्देल र श्रेष्ठलाइ बधाई दिँदै १ दशकपछि संस्थाको नेतृत्व परिबर्तन हुँदा खुसी व्यक्त गरिन् । उनले संस्थालाई चलायमान बनाउन नयाँ नेतृत्व आवश्यक रहेको बताइन् । संस्थाका केन्द्रीय सदस्य तथा पूर्व अध्यक्ष लतिका बजिमयले प्रत्येक संस्थालाई गतिशील बनाउन समयसँगै नेतृत्व पनि परिवर्तन हुनुपर्नेमा जोड दिइन् ।
संस्थाका संस्थापक लक्ष्मी गुरुङ, मञ्जु श्रेष्ठ, सचिव दीपा कार्की, कार्यसमिति सदस्य शिला घिमिरेले नयाँ नेतृत्वलाई खादा, टीका र माला लगाई बधाई तथा शुभकामना व्यक्त गरे । संस्थाका निवर्तमान अध्यक्ष केन्द्रीय उपाध्यक्षको रुपमा केन्द्रीय समितिमा रहेको र कास्की जिल्लामा अध्यक्षको पद रिक्त रहेकाले विधान तथा संस्थाका सल्लाहकार, संस्थापक सदस्यहरु तथा कार्य समिति सदस्यहरुको समर्थनमा सिग्देललाई अध्यक्ष तथा उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ रञ्जितलाई चयन गरिएको हो ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया