भारतीयसहित ५ देशका ६५० विदेशी दर्शनार्थीले गरे मुक्तिनाथको दर्शन

जोमसोम—भारतको गुजरात स्थित स्वामी नारायण संस्थाका झन्डै ७ सय धार्मिक पर्यटकले सोमबार मुक्तिनाथको दर्शन गरेका छन् । संस्था अन्र्गगत भारत,अफ्रिका,युके,क्यानेडा र युरोपका धार्मिक दशनार्थीले स्वामी नारायणको पुजासंगै मुक्तिनाथको दर्शन गरेका हुन् ।
भारतको गुजरात स्थित स्वामी नारायण संस्थाका दर्शनार्थीहरु श्री नार।यणी स्मृति यात्रा २०२३ को कार्यक्रम प्याकेज बनाएर मुक्तिनाथ आएको टोलीका सदस्य बिनोद हिरानीले जानकारी दिए । गुजरातबाट २ हप्ताको धार्मिक प्याकेज लिएर काठमान्डौं,पोखरा हुँदै मुस्ताङ आईपुगेको उनले बताए । उनका अनुसार भारतको मध्यप्रदेशबाट स्वामी नारायण १२ वर्षको हुँदा मुक्तिनाथमा ६ महिना ध्यानयोग गरिबसेको र यहाँबाट फर्किएपछि भारतको गुजरात पुगेका जनाए । स्वामी नारायण ध्यान बसेको ठाउँमा स्वामी नारायणको मन्दिर रहेकाले दर्शन गर्न आएको टोलीका सदस्य हिरानीले उल्लेख गरे ।
स्वामी नारायण संस्थाबाट आएका मध्ये ६१९ जना दर्शनार्थीसहित व्यवस्थापकीय टोली गरेर ७ सय जना मुक्तिनाथ आएको बताईएको छ । मेलिका होलिडे ट्राभल एजेन्सी मार्फत आएका उनीहरुको नेपालमा ७ दिनको प्याकेज रहेको एजेन्सी प्रतिनिधि राजु अधिकारीले जानकारी दिए । उनका अनुसार केही सिधै हेलि मार्फत मुस्ताङका आएको र अधिकाँश धावनमार्ग हुँदै मुस्ताङ आएको बताए ।
एकै समुह अन्र्तगत रहेर यतिठुलो संख्यामा भारतीयसहितको धार्मिक दर्शनार्थी पहिलो पटक आएको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए
उनीहरुले सोमबार सामुहिक रुपमा मुक्तिनाथ स्थित स्वामी नारायणको पुजाआजा गरे ।त्यसपछि मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएका छन् ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया