तिंकरमा एनटिसी सञ्चालन

काठमाडौं ।
नेपाल टेलिकम (एनटिसी) ले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती तिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज १६ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत फोन गर्न पाउने छन् ।
चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका– १ मा अवस्थित उत्तर पश्चिमी नाका तिकंरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टूजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट तिकंर पु¥याएको थियो ।
पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने तिकंर क्षेत्रमा रहेका करिब ५०० सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् ।
यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरु समेत यसबाट लाभान्वित हुनेछन् ।
करिब ३ हजार ७०० मिटरको उचाईमा अवस्थित तिकंर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ ।
त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ । कम्पनीले प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै जाने क्रममा तिकंरमा सेवा सुचारु गरेको जनाएको छ ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया