पोखरा २८ मा खसी, बोका प्रदर्शनी

दसैंको अवसरमा पोखरामा तेस्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो ।
पोखरा महानगरपाालिका वडा नं २८, सौर्यबजारमा हुने खसीबोकाको प्रर्दशनीको तयारी भएको वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिए । पोखरा २८ र आसपासका किसानलाई प्रोत्साहन र कृषिलाई प्रवद्र्धन गर्न प्रदर्शनी आयोजना गरिएको हो ।
पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले उत्पादनमा आधारित पशुपालनलाई पवद्र्धन गर्दै स्थानीय उत्पादन प्रयोग गर्ने बानीको विकास गर्नका लागि प्रदर्शनी आयोजना गरिएको बताए । असोज ३० गते मंगलबार हुने प्रदर्शनीको स्थानीय व्यवस्थापन पोखरा महानगरपालिका वडा नं २८ ले गरेको छ ।
पशुुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखरा, भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र कास्की र व्यावसायिक बाख्रापालन समिति पोखरा २८ ले कार्यक्रममा सहकार्य गरेका छन् । प्रदर्शनीमा किसानले खसीबोका निःशुल्क राख्न पाउने व्यवस्था मिलाइएको छ भने खसी, बोका खरिद बिक्रीका लागि सहजीकरण गर्ने आयोजकले जनाएको छ ।
एकै घरबाट धैरै खसी बोका ल्याउने र सबैभन्दा ठूला खसी बोका ल्याउने किसानलाई पुुरस्कारसमेत दिइने आयोजकले जनाएको छ ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया