मैदाने रेजिमेन्टको समूह पोखरामा
समाधान संवाददाता
२०८० कार्तिक १५ गते १४:११

पोखरा ।
भारतमा रहेका ६४ टोपखाना मैदाने रेजिमेन्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरा आएको छ । रेजिमेन्टका मेजर जर्नेल अरुणकुमार गुुप्ताको नेतृत्वमा ८ जनाको समूह पोखरा आएको हो ।
समूहलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाजगाजासहित स्वागत गरिएको छ । कास्की, तनहुँ, लमजुङ्ग, बाग्लुङ्ग स्याङ्जा, पर्वतमा रहेका पल्टनका भूपू सैनिकहरुसँग भेटघाटका लागि समूह पोखरा आएकोे नायक अशोक अधिकारीले जानकारी दिए ।
भेटघाटमा क्रममा सो समूहले भूपू सैनिकका गतिविधि, पारिवारिक समस्या र आवश्यकताका बारेमा जानकारी लिने नायक शिवबहादुर केसीले जानकारी बताए । समूहले १ सयभन्दा बढी भूपूहरुसँग भेटघाट गर्ने छ । समूहले पोखरा फेवाताल, शान्ति स्तुपा, पुम्दीकोटस्थित शिव मन्दिर, काँहुडाडाँ धरहरा लगायतका क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ ।
सम्बन्धित








संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया