प्याराग्लाइडिङ पाइलटको मापसे जाँच

पोखरा ।
कास्की प्रहरीले बिहीबार प्याराग्लाइडिङ पाइलटहरुको मादक पदार्थ सेवन(मापसे) जाँच गरेको छ । प्याराग्लाइडिङ उडानका क्रममा मापसे गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि मापसे जाँच गरिएको हो । यदाकदा पोखरामा प्याराग्याइडिङ दुर्घटनासमेत हुने गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामले प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाइलटहरूले मादक पदार्थ सेवन गरे÷नगरेको जाँच गरेको हो । ३५ प्यारा पाइलटको मापसे जाँच गरिएको र कसैले मापसे नगरे नपाइएको डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
पोखराको प्याराग्लाइडिङ यही असोज २८ गतेबाट तोरीपानीबाट उडाउन सुरु गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि १० महिनाअघि पोखरा–२४, मान्द्रेढुंगा सारिएको थियो ।
मान्द्रेढुंगा सारिएपछि उडान गर्ने यात्रु उल्लेख्य कम भएको नाको दाबी छ । क्यानले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उडान गर्न अनुमति दिएको छ ।
पोखराको नेपाल हवाई खेलकुद संस्था(ना)मा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् । तीमध्ये ५२ कम्पनीले अहिले उडान भर्ने गरेका छन् । करिब ४ सय लाइसेन्स प्राप्त प्याराग्लाइडिङ पाइलट रहे पनि हाल २ सय ५० जति पाइलट कार्यरत छन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया