कास्की कारागारको बिजुली लाइन काटियो, २० लाख रुपैया महसुल वक्याैता

पाेखरा ।
नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल नबुझाएकाे कास्की कारागार अर्थात जेलकाे बिजुलीकाे लाइन काटेको छ । पोखरा वितरण केन्द्रले बारम्बार ताकेता गर्दा पनि महसुल नबुझाएकाे भन्दै आज बिहान देखि लाइन काटेको हो ।
केन्द्र अन्तर्गत सबैभन्दा बढी महसुल बक्यौता बाँकी भएको ग्राहकको लाइन काटेको केन्द्र प्रमुख राजिवकुमार सिंहले बताए । कारागारले झण्डै २० लाख रुपैया बक्याैता तिर्न बाँकी छ । जनताले २ सय नबुझाउदा पनि बिजुली काटिने तर सरकारी कार्यालयले २० लाख बिल उठ्दा समेत नतिरेपछि काट्न बाध्य भएकाे केन्द्र प्रमुख सिंहले समाधानलाई बताए ।
पछिल्लो समय केन्द्रले महसुल बुझाउन अटेर गर्ने, ६० दिनभन्दा बढी बक्यौता भएको ग्राहकको लाइन काटी महसुल संकलन गर्ने कामलाई तिव्र गतिमा अघि बढाएको छ ।
केही दिनअघि नै लाइन काट्ने तयारी गरिएपनि कारागारले समय माग गरेकोले एक साता थप गरिएको थियो । तर, थप गरिएको समयभित्र बाँकी बक्यौता महसुल नबुझाएपछि लाइन काटिएको सिंहले बताए । अब, जरिवानासहितको बाँकी महसुल बुझाएपछि मात्र कार्यालयको लाइन जोडिनेछ ।
केन्द्रले शनिबार पनि ६० दिनभन्दा बढी बक्यौता बाँकी भएको १०७ ग्राहकको लाइन काटेको छ । यी ग्राहकले १२ लाख ९९ हजार ८३४ रुपैयाँ महसुल बुझाउन बाँकी थियो । यसैगरी, शनिबार नै ४७ ग्राहकले ५ लाख ३८ हजार ५८४ रुपैयाँ बक्यौता बुझाएपछि लाइन पुन जोडिएको छ ।
केन्द्रले अहिलेसम्म गण्डकी प्रदेशको महसुल नबुझाउने सबै सरकारी कार्यालयको लाइन काटि कारबाही गरिसकेको छ । नेपालमा विद्युत सेवा उपभोग गर्ने सर्वसाधारणले ६० दिनभन्दा बढी महसुल बक्यौता राख्नासाथ लाइन काटिने गरेको भएपनि सरकारकै कार्यालयहरूले भने लामो समय बक्यौता राख्ने गरेका छन् । पछिल्लो समय प्राधिकरणले बक्यौता महसुल उठाउने कार्यलाई तदारुकताका साथ अगाडि बढाएको छ ।









निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया