माछापालन गर्दै खाष्टेताल सहकारी

लेखनाथ ।
तालै तालको वडा भनेर चिनिदै आएको पोखरा महानगरपालिका वडा नं २६ मा रहेको खाष्टेताल संरक्षण गर्दै आयआर्जनका लागि माछापालन गरिएको छ । वडामा रहेका खाष्टे, न्यूरेनी र गुँदेतालमा अहिले स्थानियवले ताल संरक्षण गर्दै आय आर्जनमा टेवा पुग्ने गरी सहकारीको माध्यमबाट माछापालन गरेका छन् ।
खाष्टेताल र न्युरेनी तालमा स्थानीयको अग्रसरतामा २०७३ मा स्थापना भएको खाष्टेताल मत्स्य तथा कृषि सहकारी संस्थाले वर्षमा ९ लाख २२ हजारको माछा बिक्री गरेको छ । आगामी वर्ष ९ लाख ६० हजार आम्दानी गर्ने लक्ष्य छ ।
संस्थामा ७ सय ६१ जना सेयर सदस्य छन् । ४ वर्षअघि माछापालन थालिएकोमा अहिले तालको स्वरुप नै परिवर्तन भएको छ । शनिबार यो सहकारीको साधारणसभा भएको छ । सभामा जिल्ला सहकारी संघ कास्की अध्यक्ष सावित्रा कोइरालाले प्राकृतिक स्रोत र साधन राज्यको भए पनि त्यसको स्वरुप नबिगारी स्थानीय स्तरमा आयआर्जन गर्ने योजना बनाउन आग्रह गरिन् ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समन्वय समिति अध्यक्ष रविरमण तिवारीले सदस्य केन्द्रित कार्यक्रममार्फत समृद्धिको यात्रामा लाग्न आग्रह गरे । महानगरपालिका वडा नं २६ का वडा सदस्य सुदीपराज ढुंगानाले उद्यमशीलताको माध्यमबाट वडालाई चिनाउनका लागि तालको संरक्षण स्थानियको सहकार्य बिना सम्भव नभएको बताए ।
संस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार शारदा सुवेदी, खाष्टे तथा न्युरेनी ताल संरक्ष समितिका उपाध्यक्ष ईन्दु लामिछाने, संस्थाका सचिव विष्णुहरि ढुंगाना, सेयर सदस्य रेवती लामिछाने, विष्णु सुवेदी लगायतले बोलेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया