मेजनको धौलासिरी विमोचन

म्याग्दी । मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन भएको छ। लोकवार्ता परिषद्ले आयोजना गरेको १२ औँ सँगोष्ठी कार्यक्रममा कृतिको विमोचन गरिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मालिका गाउँपालिकाका अध्यक्ष बेग गर्बुजा, धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन लगायत प्राज्ञिक व्यक्तित्वको उपस्थितिमा किताबको विमोचन गरिएको हो। धौलागिरी भेगको सयौँ वर्ष पुरानो कथाबस्तुमाथि आधारित उपन्यासमा लाहुरे परम्पराले ल्याएका उथलपुथल देखाइएको छ।
धौलागिरी भेगमा प्रचलित झर्रा भाषा(आञ्चलिकता) प्रयोग गरी लेखिएको उपन्यासले पाठकलाई त्यहाँको जनजीवन बुझ्न सघाउने विश्वास लिएको लेखक पुनले बताए। “उपन्यास पढेर धौलागिरीको जनजीवन बुझ्न सघाउ पुग्ने छ भन्ने विश्वास लिएको छु।
धौलासिरी पहिला बुढापुकाले भन्ने गरेको रैथाने नाम अहिले धौलागिरी भएको छ। धौलागिरीबारे अरू थुप्रो कुराहरू बुझ्न किताबले सघाउने अपेक्षा लिएको छु,” उनले भने, “अरू कुरा त पाठकहरूले किताब पढीसकेपछि प्रतिक्रिया दिनुहुनेनै छ।”
किताब बुलबुल प्रब्लिेकेशन प्रालीले प्रकाशन गरेको हो। पुनका यो बाहेक दर्जन बढी गैरआख्यान किताब प्रकाशित छन्। किताब लेखन सँगसँगै मगर फिल्म निर्माण, लेखन र निर्देशनमा पनि पुन सक्रिय छन्।









पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया