पोखरामा स्क्वास प्रतियोगिता, प्रविण विरुद्ध भागवत र हिराकाजि विरुद्ध प्रकाश भिड्ने

समाधामन संवाददाता
विश्व ओलम्पिक दिवस २०१९ को अवसर पारेर पोखरा रंगशाला स्थित स्क्वास हलमा विहिबार देखि शुरु भएको ओलम्पिक डे स्क्वास च्याम्पियनसिप प्रतियोगिता अन्तरगतका क्वाटर फाइनल खेलहरु सम्पन्न भएका छन् । स्क्वास र्याकेट एशोशियसन पोखराको आयोजना प्रतियोगिता भैरहेको छ ।
शुक्रबार सम्पन्न खेलबाट प्रविण पालिखे, भागवत नेपाल, हिराकाजि महर्जन र प्रकाश केसी सेमिफाइनल प्रवेश गरेका छन् । पहिलो क्वाटर फाईनल खेलमा हिराकाजि महर्जनले विकास शाक्यलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरे । हिराकाजिले ३–० को सोझो सेटमा विजय प्राप्त गरे ।
दोश्रो क्वाटर फाइलन खेलामा प्रविण पालिखेले रक्ष लामालाई सजिलै पराजित गरे । उनले पनि ३–० कै सोझो सेटमा विजय हासिल गरेका हुन । तेश्रो क्वाटर फाईनल खेल प्रतिद्वन्दी अनुपस्थित भएका कारण भावगत नेपालले वाक ओभर पाएर सोझै सेमिफाइनलमा प्रवेश पाए ।
चौथो प्रतिस्पर्धात्मक क्वाटर फाइनल खेलमा दिपक तिमिल्सिनालाई ३–१ सेटमा पराजित गर्दै प्रकाश केसी सेमिफाइनलमा प्रवेश गरे । केसीले पहिलो सेट गुमाएका थिए भने त्यसपछिका तिन सेट लगातार जितेका थिए ।
यस अघि क्वाटर फाइनलमा प्रवेश गर्नका लागि केसी पाँचौ सेटसम्म प्रतिक्षा गर्नु परेको थियो । प्रि क्वाटर फाइनलमा दिपक गोदारसंग भिडेका केसीले शुरुका दुई सेट गुमाएका थिए । शुरुका दुई सेट जित्दा पनि गोदारले लगातार तीन सेट गुमाएपछि प्रतियोगिताबाट बाहिरिए ।
सो प्रतियोगिता अन्तगर शनिबार विहान पहिलो सेमिफाइनल खेल प्रविण पालिखे र भागवत नेपालबीच हुनेछ भने दोश्रो सेमिफाइनल खेलमा हिराकाजि महर्जन र प्रकाश केसी भिड्ने छन् । यी दुई खेलको विजेताबीच शनिबार नै उपाधीका लागि प्रतिस्पर्धा हुनेछ ।
तपाईको प्रतिक्रिया