त्रिवेणी कलेजको साधारण सभा

लेखनाथ ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले त्याग समर्पण र अवसर भए विदेशिने क्रम घटने बताएका छन् ।
त्रिवेणी इन्टरनेसनल कलेजको आठौं वार्षिक साधारण सभाका अवसरमा आयोजित उच्च शिक्षामा देखिएका समस्य तथा चुनौती विषय विचार गोष्ठीमा उनले सो कुरा बताएका हुन् । अधिकारीले आफूहरु पनि एउटा परिधिभित्र रहेकाले भन्ने बित्तिकै सबै काम गरिहाल्ने अवस्था नरहेको बताए । उनले अनुदान दिने, गुणस्तर मापन गर्ने काममा निश्चित मापदण्ड अनुसरण गरेर आफूहरुले कार्य गरिरहेको बताए ।
अधिकारीले पेशालाई सम्मानित बनाउन, देशको आर्थिक अवस्था सुधार गर्न विदेशी बजारमा बिक्ने हैन आफ्नै देश बनाउने जनशक्ति उत्पादन गर्न कलेजहरुलाई सुझाव दिएका थिए ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन दिनेशमणि अधिकारीले नेपालको उच्च शिक्षामा देखिएका समस्या निराकरणमा आफूहरु लागि रहेका बताए । सफलता प्राप्त गर्न संघर्ष गर्नुपर्नेमा जोड दिँदै उनले स्रोत साधनको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । विद्यार्थी विस्थापित हुनुका पछाडि रहेका चुनौतीको पहिचान गरी तिनका समाधान तर्फ लाग्नुपर्नेमा उनले जोड दिएका थिए ।
कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले साधनस्रोत उपयोग गरी नेपालमै केही गर्न सकेमात्रै देशको विकास हुने बताए । सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पृथ्वीनारायण क्याम्पसका उप–प्राध्यापक शंकर पौडेल, संस्थागत विद्यालयहरुको तर्फबाट हिसान कास्कीका अध्यक्ष एवं डायमन्ड माविका प्रिन्सिपल यमबहादुर रोका, सामुदायिक विद्यालयहरुको तर्फबाट लक्ष्मी आदर्श माविका प्राचार्य रवीन्द्रनाथ भटृराई, पूर्व विद्यार्थी मञ्चका रामकृष्ण लामिछाने, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष किशोर परियार लगायतले अध्यनपश्चात स्वदेशमै आफ्नो भविष्य बनाउन चाहने विद्यार्थीहरुको लागी उपयुक्त निति एवं पाठ्यक्रमको अभाव रहेको बताउँदै निति निमार्णको तहबाट यसलाई सम्बोधन गर्नुपर्ने सुझाव राखेका थिए । कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया