हाम्रो गौरव सहकारीको सम्पत्ति ६९ करोड

लेखनाथ ।
हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्था पोखरा–३० को कुल सम्पत्ति ६९ करोड १४ लाख ४६ हजार पाँच सय ६६ पुगेको छ ।
स्थापनाकालदेखि नै सहकारीको क्षेत्रमा उच्च स्थानमा रहेको सहकारीले पछिल्लो समय विभिन्न सहकारीहरुसँग एकीकरण गरी आफनो पुँजी वृद्धि गर्न सफल भएको आइतबार सम्पन्न १६ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनमा जानकारी दिइएको हो ।
संस्थामा रहेका २ हजार ४८ सेयर सदस्यहरुबाट ६ करोड २० लाख २४ हजार १ सय सेयर पुँजी बनाउन सफल सस्थाले गत आर्थिक वर्ष २०७९÷८० मा आर्थिक कारोबारका आधारमा १ करोड ७६ लाख १० हजार खुद नाफा निकाल्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश ढुंगानाले जानकारी गराएका थिए ।
यसैबिच कार्यक्रमको उद्घाटन गर्दै भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा गण्डकी प्रदेशकी निमित्त प्रमुख ईश्वरी ढकालले देशको आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै संस्थाले आगामी दिनमा उत्पादन र रोजगारमूलक व्यवसायलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव राखेकी थिइन् ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, पूर्ववडाध्यक्ष श्रीराम पोखरेल, संस्थाका पूर्वअध्यक्ष प्र्रेमप्रसाद शर्मा लगायतले सहकारीको मुल्य र मान्यता अनुसार चल्न नसक्दा सस्थामा धक्का पर्ने भएकाले विशेष गरि सेयर सदस्यहरुले संस्थाका गतिविधिका बारेमा निगरानी दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा सचिव चन्द्रकान्त देवकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष राधा सापकोटाले आर्थिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक रवीन्द्र अधिकारीले लेखा प्रतिवेदन, ऋण उपसमितिका संयोजक बलराम अधिकारी र शिक्षा उपसमितिकी संयोजक तेजकुमारी शाहीले आआफनो प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मी ढकालले स्वागत मन्तव्य राखिन् । प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश ढुंगानाले संस्थाका वास्तविक अवस्था र आगामी दिनमा गरिने कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । सोही भेलाले तत्काल अधिवेशन गर्ने वा नगर्ने बारेमा निर्णय गर्नका लागि मुक्तिनाथ सापकोटा, रामचन्द्र भण्डारी र राजेश्वर शर्मा सदस्य रहेको निर्वाचन समिति चयन गरेको छ ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया