फरार मेयर देवकुमार भन्छन्–मसँग ३ अर्ब बढीको सम्पति छ, बचतकर्तालाई दिन तयार छु (अपीलसहित)

पोखरा ।
सहकारीमा रकम हिनामिना गरेको आराेप लागेपछि फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले इमेज सहकारीका बचतकर्तालाई फिर्ता गर्नु पर्ने भन्दा धेरै सम्पत्ति आफ्नाे परिवारसँग रहेको दावी गरेका छन् । उनले बाहिर आएर काम गर्ने माैका दिए त्याे सम्पति बचतकर्तालाई हस्तान्तरण गर्न तयार रहेकाे समेत बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमा लाइभ आएका मेयर नेपालीले एउटा अपील पनि जारी गरेका छन् । त्याे अपीलमा बाग्लुङ, पाेखरा र काठमाण्डैामा गरी आफ्ना १८ वटा घर रहेकाे र ती घरकाे मूल्य ३ अर्ब भन्दा बढी रहेको दावी गरेका छन् । आफूले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको बताएका छन् ।
उनले आफू ७ वर्षदेखि मेयरको जिम्मेबारीमा रहेको र सहकारीकाे कारोबार हेर्न नपाएकाे दावी गर्दै सहकारी समस्यामा परेकाे थाहा पाएर मिलाउने प्रयास गर्दा गर्दै सबै बचतकर्ता एकै चाेटी रकम फिर्ता मागेर अप्ठेरोमा पारेकाे बताएका छन् । आफ्नाे सम्पती बचतकर्तालाई हस्तान्तरण गर्नको लागी वातावरण मिलाई दिन मेयर नेपालीले आग्रह गरेका छन् ।


इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली बचतकर्ताको रकम तिर्न नसकेपछि गत जेठ ५ गतेदेखि फरार छन् ।
सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
नेकपा एमालेबाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन्। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन्।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया