इमेज सहकारी अध्यक्षका १८ घर र ४४ कित्ता जग्गा

पोखरा ।
बागलुङमा केन्द्रित भई पोखरामा पनि सञ्चालित इमेज सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पर्कविहीन भएको ६ महिनापछि उनको धारणा र सम्पत्ति विवरण सार्वजनिक भएको छ । उनी सहकारी समस्याग्रस्त भएपछि सम्पर्कविहीन थिए । मंगलबार फेसबुक लाइभबाट उनले एक अपिल सार्वजनिक गरेका छन् । सहकारीका बचतकर्ताहरुलाई आफ्नै नामको घरजग्गासमेत हस्तान्तरण गर्न तयार रहेको भन्दै अध्यक्ष नेपालीले व्यक्तिगत सम्पत्ति विवरण पनि सार्वजनिक गरेका छन् ।
३ अर्बभन्दा बढीको त्यो सबै सम्पत्ति सहकारीबाट नभई आफैले कमाएको उनले बताएका छन् । तर बचतकर्ताहरुको बचतवापत फिर्ताका लागि आफू र श्रीमतीका नामको सम्पत्ति हस्तान्तरण गर्न तयार रहेको उनको भनाइ छ । ‘हामी आफैले कमाएको सम्पति हो तर यो सम्पति करिब ३ अर्बभन्दा बढीको सम्पति हो भन्ने कुरा सबैलाई जानकारी गराउन चाहान्छु,’ उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘तर सहकारीका बचतकर्ताहरुको समस्या समाधानका लागि सम्पूर्ण बचतकर्ताहरुको नाममा मेरो र मेरो श्रीमतीको नामको घरजग्गा विभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्नका लागि चाहन्छु ।’ बचतकर्ताहरुलाई फिर्ताका लागि आफ्नो सम्पत्ति बिक्री वितरणको वातावरण मिलाइ दिन राजनीतिक दल, कानुनी निकाय, पत्रकार, नागरिक समाज र सरोकारवालालाई उनले आग्रह गरेका छन् ।
सहकारीमा समस्या आएपछि सबैलाई एकैचोटि बचत फिर्ता गर्न नसकेको र ६ महिनाको समय माग्दा पनि केहीले पर्खन नसकेको उनको गुनासो छ । ‘घरमा आई डर, धम्कीसमेत गर्नुभयो । त्यस कारण घरमा बस्ने वातावरण भएन,’ उनले भनेका छन्, ‘अर्को कुरा केही साथीहरूको अगुवाइमा मुद्दा दर्ता गर्ने काम पनि भयो । त्यस कारण म बाहिर निस्केर काम गर्ने अवस्था भएन । त्यसैले ६ महिनाभित्र हाम्रो सम्पति घरजग्गाहरु बिक्री वितरण गर्ने वातावरण नभएको सबैलाई जानकारी गराउँदछु ।’
बचतकर्ताहरुका नाममा हस्तान्तरण गर्ने आश्वासन
अध्यक्ष नेपालीले आफू र श्रीमतीको नाममा बुर्तिबाङ, बागलुङ, पोखरा र काठमाडौंमा ४५ कित्ताहरुमध्य बुर्तिबाङमा ७ वटा घर, बागलुङमा २ वटा घर, पोखरा मा ३ वटा घर, काठमाडौंमा ६ वटा घर गरी जम्मा १८ वटा घर र ४४ वटा कित्ताहरुमा जग्गा भएको उल्लेख गरेका छन् । अनि भनेका छन्, ‘तर यी सम्पतिहरु इमेजको पैसाले जोडेको हो भन्ने नसोच्नु होला ।’सहकारी समस्या परेपछि घरमा हतियारसहित आई आफू, श्रीमती अनी सानी छोरीको ज्यान मार्ने धम्की समेत दिइएको, ६ लाख बचत भएको व्यक्तिहरुले ५ करोडको घरजग्गा पास गरिदिने भनेर दबाब दिएको कारणले केही समयका लागि घर बाहिर बस्न बाध्य भएको अध्यक्ष नेपालीले बताएका छन् ।
बचतकर्ताहरुलाई रकम फिर्ता गर्न ढिला भएकोमा सबै बचतकर्ता, शुभचिन्तकसँग उनले क्षमा मागेका छन् । ‘सबैलाई थाहा भएको कुरा हो हामी घरजग्गा सम्पति नभएको मान्छे हैनौं । हामीहरुले चल अचल सम्पति नुनदेखि सुनसम्म त्यहाँ नई राखी छोडेको छौं,’ उनले भनेका छन्, ‘हामी केही पनि लिएर हिँडेका छैनौं । यस विषयमा सबै शुभचिन्तकलाई जानकारी गराउँछौं ।’
७ वर्षदेखि ढोरपाटन नगरपालिकाको मेयर रहेका नेपालीले सोही जिम्मेवारीका कारण बुर्तिबाङमा बस्ने भएकाले सहकारीमा समय दिन नसकेको कारण र सबै बचतकर्तालाई एकैपटक बचत फिर्ता माग्न आउँदा सहकारीमा समस्या भएको बताएका छन् ।‘सबैलाई जानकारी छ कि एकैचोटि बचत फिर्ता लिन जाने हो भने बैंकहरुमा पनि समस्या हुन्छ यो पनि सबैले बुझेकै कुरा हो,’ उनले भनेका छन् । उनी अध्यक्षताको इमेज सहकारीले झन्डै २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ । तर नेपालीले भने त्यतिका रकम नभएको र कतिपयले भएभन्दा धेरै बढी भनिरहेको उल्लेख गरेका छन् । बचतको ९० प्रतिशत ऋण स्वरुप लगेकाले पनि पूरै बचत फिर्ता माग्ने गरेको नेपालीको दाबी छ ।
बचत फिर्ता लगिसकेकाले नि नलगेको दाबी गरेको र ऋण लिएकाले नतिरिरहेको उनको भनाइ छ । बागलुङमा १ अर्ब ३८ करोड र पोखरामा ६४ करोड रुपैयाँको दाबी बचतकर्ताहरुबाट प्रहरीमा उजुरी परेको छ । ढोरपाटन नगरपालिकाका जनतालाई मेयर नेपालीले अमूल्य भोटको कदर गर्दै सेवाका लागि छिटै आउने प्रतिबद्धता गरेका छन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया