मुस्ताङमा नेपाल चीन नाकाबाट ल्याईएका अवैंध ४ थान चाईनिज मोटरसाईकल वरामद

सुन्दरकुमार थकाली २०८० मंसिर ६ गते १२:२४

जोमसोम—मुस्ताङ प्रहरीले अवैंध रुपमा भन्सार छली गरि ल्याईएका ४ थान चाईनिज कम्पनीका मोटरसाईकल वरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले नेपाल—चीन सीमानाकाबाट चोरी छली गरी ल्याईएका चाईनिज मोटरसाईकललाई सोमबार दिउँसो ४ बजे मुस्ताङ र डोल्पाको सीमा क्षेत्र साङ्ता गाउँ नजिकबाट वरामत गरेको हो ।

Advertisement

नेपाल—चीन सीमानाकाबाट अवैद्ध रुपमा भन्सार छली गरी चाईनिज मोटरसाईकल लुकाएर राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरी सहायक निरीक्षक सुजन गुरुङको कमाण्डमा खटिएको टोली मुस्ताङ—डोल्पा सडकको सीमाक्षेत्रबाट ४ थान मोटरसाईकल फेला परेको प्रहरी नायव उपरीक्षक डिएसपी भोजराज पाण्डेले जानकारी दिए । मोटरसाईकल वरामद गरिएको स्थान मुस्ताङ—डोल्पा सडकको वारागुङ मुक्तिक्षेत्र—५ मा पर्छ ।
प्रहरीले अवैद्ध रुपमा भित्र्याईएका ४ थान चाईनिज कम्पनीको मोटरसाईकलको मूल्य १० लाख पर्ने उल्लेख गरिएको छ ।प्रहरी नायव उपरीक्षक पाण्डेका अनुसार हरियो ÷कालो रंङको २ सय सीसीको लिफन कम्पनीको थान १, रातो÷कालो रङको होनलि कम्पनीको १२५ सीसीको थान १,रातो कालो रङको यानग्याङ कम्पनीको १५० सीसीको थान १ र कालो सेतो रातो रङको जिङगुईगन ,जेटवाई २५० सीसीको अवैंद्ध मोटरसाईकल वरामद गरिएको हो ।
प्रहरी वरामद गरेको ३ वटा चाईनिज मोटरसाईकल मूल्य २÷२ लाख मुल्यको छ भने अर्को २५० सीसीको मोटरसाईकलको मूल्य ४ लाख रहेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्ष पाण्डेले नेपाल—चीन सीमानाकाबाट अवैंध रुपमा भित्र्याईएका ४ थान मोटरसाईकलहरु आवश्यक कारवाहीका लागि मुस्ताङ भन्सार कार्यालय जोमसोममा पठाईएको जानकारी दिए ।
कोभिड तथा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चीनले ४ वर्ष अघि नेचुङ—लिजी कोरलानाका बन्द गरेको थियो । गत कार्तिक २७ गते औपचारिक रुपमा नाका खुल्ला भएसंगै मुस्ताङमा ४ थान चाईनिज मोटरसाईकल वरामद भएको हो । नाका खुलेको ५ दिनपछि नेचुङमा नेपालका तर्फबाट भन्सारका कर्मचारीले राजश्व उठाउन सुरु गरेका छ ।
यसअघि उपल्लो मुस्ताङमा चीनबाट अवैंद्ध रुपमा ल्याईएका दर्ता नभएका चाईनिज मोटरसाईकल छ्यापछ्याप्ती रहेको ती दर्ता बिनाका मोटरसाईकललाई कानुनी दायरामा ल्याउन पहल भईरहेको बताईएको छ ।

फोटो क्याप्सन ः
मुस्ताङमा नेपाल—चीन नाकाबाट भन्सार छलेर ल्याईएका ४ थान मोटरसाईकल वरामद ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया