स्थानीय तहलाई पोषणमैत्री बनाइने
पोखरा ।
गैर सरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेश, जागृति बाल तथा युवा सरोकार नेपाल र कनलानले संयुक्त रुपमा गण्डकी प्रदेशमा बालबालिकाको पोषणको अवस्था, अवसर र चुनौती विषयक छलफल कार्यक्रम गरेका छन् ।
कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले नेपालका सबै स्थानीय तहलाई २०८७ सम्ममा पोषणमैत्री बनाउने लक्ष्यअघि सारेको जनाए । उनले पोषणमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ प्रमुख उद्देश्य अनुसार महिला, बालबालिका र किशोरीको पोषणको अवस्था सुधार गरिने बताए ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ को सबै सूचकमध्ये १४ सूचक बालबालिकाको पोषण र स्वास्थ्यसँग सम्बन्धित छन् । प्रदेश सभाका सदस्य मित्रलाल बस्यालले विद्यालय तथा स्थानीय तहमार्फत बाल पोषणको कार्यक्रम लगेको खण्डमा प्रभावकारी हुने उल्लेख गरे । विषय विज्ञ नूरजंग शाहले गण्डकी प्रदेशमा गत वर्ष कुपोषणको कारण ९ जनाको मृत्यु भएको जानकारी दिए । गत वर्ष ३ सय ३७ जनाको कुपोषणको पूर्ण उपचार भएकामा ३० जनाले बीचमै छोडेको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीप्रसाद आचार्यले बाल पोषणमा सुधार गर्न खान पानको बानी व्यवहारमा परिवर्तन गर्नुपर्ने सुझाव दिए । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका पोषण कार्यक्रमको फोकल पर्सन सत्यराज सांखीले महिलाको गर्भ रहेदेखि नै पोषणको कार्यक्रम सुरु हुने जानकारी दिए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य विना सिलवाल, गण्डकी प्रदेशका अध्यक्ष गोपाल खड्का, राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत मोहन काफ्ले, मानव अधिकार एलाईन्सका केन्द्रीय सचिव रामचन्द्र पौडेल, गण्डकी प्रदेशका अध्यक्ष शिवराज शर्मा सुवेदी लगायतले बोलेका थिए ।









त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया