क्वारेन्टिनमा ७ मुर्रा राँगा

पोखरा ।
नेपाली भैंसीको नश्ल सुधारका लागि पोखरा ल्याइएका मुर्रा राँगा अहिले क्वारेन्टिनमा राखिएका छन् । करिब एक महिना क्वारेन्टिनमा राखी स्वस्थ प्रमाणित भएपछि विर्य संकलन थालिने छ ।
यी मुर्राको विर्य(सिमोन) आगामी वैशाखबाट नेपाली किसानले पाउने भएका छन् । भारतले नेपाललाई उपहार दिएका १५ उन्नत जातका मुर्रा राँगाबाट चाडै विर्य उत्पादन सुरु गर्ने र देशैभरका किसानलाई उपलब्ध गराउने तयारी छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालमा शुक्रबार राति तीमध्ये ७ राँगा ल्याइएको छ ।
राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा जगदीश पाण्डेले सुरुमा राँगालाई क्वारेन्टिनमा राखिएको जनाउँदै अब परीक्षण र विर्य उत्पादनको चरण पार गरी किसानसम्म नश्ल सुधारका लागि मुर्राको विर्य वैशाखबाट पठाउन सकिने जानकारी दिए । ल्याइएका १५ मध्ये बाँकी तीन राँगा लाहान र पाँच नेपालगञ्ज पठाइएको छ ।
क्वारेन्टाइन अवधिमा कुनै रोग नदेखिएमा यी राँगालाई मूल गोठमा राखिनेछ । भारतबाटै निरोगिताको प्रमाणपत्र प्राप्त राँगा प्राप्त भए पनि बाटोमा सङ्क्रमण भएको हुन सक्ने भएकाले क्वारेन्टिनमा राखिएको हो ।
पुसबाट विर्य परीक्षणका लागि विर्य संकलन गर्ने केन्द्रको तयारी छ । संकलित विर्य प्रयोगशालामा जाँच गरी उपयुक्त प्रमाणित भएपछि मात्र देशका विभिन्न भागमा पठाइने डा पाण्डेले बताए । ‘हामीले देशका ३६ जिल्लामा उन्नत नश्लका विर्य पठाउँदै आएका छौँ । परीक्षणपछि विर्य संकलन गरी मुर्राको विर्य वैशाखबाट देशका विभिन्न भागमा पठाउन सक्छौं,’ उनी भन्छन् ।
यसरी ल्याइएका सबै राँगा २ देखि ३ वर्ष पूरा भएका छन् । सामान्तया अब ७ वर्षसम्म यी राँगाबाट स्वस्थ विर्य निकाल्न मिल्छ । एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज वीर्य उत्पादन हुने अनुमान गरिएको छ ।
सबै कुरा राम्रो भो भने पुसबाट विर्य संकलनको ट्रायल सुरु गरी माघबाट स्टोर गर्ने तयारी छ । हप्तामा २ पटक विर्य संकलन गर्ने गरिन्छ । नेपाली भैंसीले बेतमा १ हजार ५ सय लिटर हाराहारी दूध दिन्छन् । मुर्रा भैंसीले भने बेतमा ३ हजारदेखि ४ हजार ५ सय लिटरसम्म दूध दिन्छन् । यी राँगाको सिमोनबाट नश्ल सुधार गरी दूध र मासु उत्पादन बढाउने लक्ष्य लिइएको छ ।









प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया