राष्ट्रिय सभा चुनाव माघ ११ गते
समाधान संवाददाता
२०८० मंसिर १३ गते १९:३१

काठमाडौं ।
राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय सरकारले गरेको छ । बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाका रिक्त सदस्यको निर्वाचन दुई महिनापछि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले निर्वाचनको मिति घोषणा गरेको हो । राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि २० जना सदस्यको म्याद सकिँदैछ । जसमा एमालेका ८, कांग्रेस ४, माओवादीका ३, जसपाका १, एकीकृत समाजवादीका २ र स्वतन्त्र २ (खिमलाल देवकोटा र डा.विमला पौडेल) को रिक्त हुने पदमा नयाँ सदस्यका लागि निर्वाचन गर्न लागिएको हो । राष्ट्रिय सभामा ६ वर्षको कार्यकालको चिठ्ठा पारेकाहरुको रिक्त हुन लागेको पदमा निर्वाचन हुन लागेको हो ।
सम्बन्धित








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया