कांग्रेस गण्डकी प्रदेश सम्मेलन तोकियो
पोखरा ।
नेपाली कांग्रेसको गण्डकी प्रदेशको पदाधिकारी सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । यसअघि भदौ १६ र १७ गते गर्ने भनिएको प्रदेश सम्मेलन पार्टी सभापति शेरबहादुर देउवाले नभ्याउने भएपछि सरेको थियो । सम्मेलन पोखरा सभागृहमा हुने कांग्रेस गण्डकी प्रदेशले जनाएको छ ।
सम्मेलनमा ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । २०७२ सालपछिको संघीयता आएपछि कांग्रेसले पहिलो पटक प्रदेश सम्मेलन गर्दैछ । नेपाली कांग्रेसका अनुसार मधेश प्रदेश सम्मेलन पुस ५ र ६ गते, बागमतीको पुस ७ गते, कोशीको पुस ९ गते र लुम्बिनीको मंसिर १६ र १७ गतेका लागि तय भएको छ । कर्णाली र सुदूरपश्चिमको सम्मेलन भने टुंगो लागेको छैन ।
गण्डकी प्रदेशको सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने तालिका छ । प्रदेशले गरेका कामहरू आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनले प्रदेशहरूको समन्वयात्मक भूमिका बढाउने विश्वास कांग्रेसको छ ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया