बन्द गरियो बेगनासको मोटरबोट
समाधान संवाददाता
२०८० मंसिर १७ गते १०:४५

पोखरा ।
पोखरा महानगरपालिकाले बेगनासतालमा सञ्चालित मोटर बोट बन्द गरेको छ । जलारी समुदायले विरोध जनाएपछि शुक्रबार पोखरा महानगरले पत्र लखेर तत्कालै बोट बन्द गर्न निर्देशन दिएको हो ।
मोटरबोट सञ्चालन गर्दा जलचरमा ह्रास आएको र डुंगा व्यवसाय तथा माझीहरुको जीविकोपार्जनमा संकट आएको भन्दै महानगरले यसको सञ्चालन बन्द गर्न निर्देशन दिएको हो ।
जलारीहरुले माछा लगायतका जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको गुनासो गरेका थिए । यस्तै, डुंगा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जतिको पेसामा प्रभाव पारेको भन्दै उनीहरुले महानगरलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।
सरोकारवालाले पनि पटक पटक गुनासो गरेकाले मोटरबोट तत्कालका लागि बन्द गर्न सञ्चालकलाई निर्देशन दिइएको महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले बताए ।
सम्बन्धित









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया