विद्यार्थीलाई स्टेसनरी र ड्रेस सहयाेग

पोखरा ।
लामा अमृत फाउन्डेसन घान्द्रुकका संस्थापक अमृत गुरुङले घान्द्रुकका ३ विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकका सरस्वती आधारभूत विद्यालय उरी, छुर्लुङ आधारभूत विद्यालय र तालबाराही आधारभूत विद्यालयका ३७ विद्यार्थीलाई सहयोग गरिएको हो ।
फाउन्डेसनका संस्थापक गुरुङले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले शिक्षासँग जोडिएको बताए । ‘घान्द्रुकका विभिन्न स्थानलाई समेटेर वृत्तचित्र निर्माण गरेको थिएँ, घान्द्रुक,पोखरा र काठमाडौं लगायतको स्थानपछि बेलायत र हङकङमा वृत्तचित्र प्रर्दशन गर्ने अवसर पाएँ’, गुरुङले भने, ‘फाउन्डेसनमार्फत विभिन्न क्षेत्रमा जोडिएको छु, सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले शिक्षासँग जोडिएको छु ।’
शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउन्डेसनमार्फत सक्रियता बढाएको उनको भनाइ छ । ‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउन्डेसनमार्फत सक्रियता बढाएको छु’, उनले भने, ‘अबको परिवर्तन शिक्षाले मात्र दिन सक्ने भएकाले सबैलाई शिक्षामा जोड्न आवश्यक छ ।’
गुरुङले ३ विद्यालयका ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक एक कार्यक्रमका बीच वितरण गरेका हुन् । फाउन्डेसनले यस अगाडि लमजुङको एक विद्यालय र घान्द्रुकको तिख्यानस्थित कुर्लंग बराह आधारभूत विद्यालयमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया