‘पुस्तक पढ्ने वानीको विकास गर्नु पर्ने’

लेखनाथ ।
पछिल्लो समयमा पत्रपत्रका तथा पुस्तक पढ्ने वानी हट्दै जादाँ मानिसमा बाहिरी ज्ञानको कमी आएको एक कार्यक्रमका वक्ताहरुले चिन्ता जाहेर गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयको १६ औं पुस्तक पढ्ने वानीको विकास गर्नु पर्ने साधारणसभाका सहभागी बक्ताहरुले सामाजिक सञ्जालका कारण मानिसमा अध्यनसिलातामा कमि आएको र विस्तारै अल्छीपनको सिकार तर्फ उन्मुख भएको संकेत गरेका हुन् ।
पुस्तक पढ्ने बानीको विकास कसरी गर्न सकिन्छ भनेर राज्यले वाचनालयको आधारणा ल्याए पनि वाचनालयसम्म आएर पुस्तक पढ्ने वानीको क्रमस कमि हुदै आएदा यसले समाजलाई कता तर्फ लैजादै छ त्यो तर्फ हामीहरु सचेत हुनु पर्ने सुझाव राखिएको थियो ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा साविक लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिकराम पौडेलले उत्कृष्ट पुस्तकालयका रुपमा राष्ट्रिय स्तरमै पुरस्कृत बन्न सफल भैसकेको दीपशिखा पुस्तकालयलाई बधाई ज्ञापन गर्दै पाठकहरु निरन्तर पुस्तकालय आउने वातावरणका लागि अझै प्रविधिमा आधारित पाष्ठसामाग्री तर्फ उन्मुख हुन आग्रह गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कल बहादुर कार्की, वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं २९ की वडा सदस्य एवंम पुस्तकालयकी उपाध्यक्ष निर्मला पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा,महासचिव जानुका पराजुली,निवर्तमान अध्यक्ष छत्रधर अत्रेय,ङ्योए तमू धिं लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ्ग,जनप्रकाश बहुमुखी क्याम्पसका अध्यक्ष विजयराज भण्डारी लगाएत विभिन्न टोल विकाशका अध्यक्षहरु सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले सुधारका लागि सकरात्म सुझाव पेश गरेका थिए ।
साधारणसभामा सचिव पदमप्रसाद अधिकारीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष माधव भण्डारीकोे आर्थिक प्रतिवेदन पेश गरेका थिए ।









म्याग्दीमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया