प्याब्सनको नेपाली रचनात्मक प्रतियोगिता
पोखरा ।
प्याब्सन कास्कीले आयोजना गरेको आधारभूत तह स्तरीय नेपाली रचनात्मक प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । मंसिर १५ गते भएको प्रतियोगिताको ततिजा बुधबार सार्वजनिक भएको हो ।
प्रतियोगितामा सबलाइम माध्यमिक विद्यालयकी सोनिया थापा प्रथम भएकी छन् भने रेन्बो एकेडेमिक होम्सकी साहिल राना दोस्रो भएका छन् । बालप्रभात बोर्डिङकी प्रकृति अधिकारी, शान्ति निकेतनकी हर्षी भूत्र्याल र पोखरा पब्लिकका शुभदर्शन केसी क्रमशः तेस्रो, चौथो र पाँचौं भएको प्रतियोगिताका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए । अर्यालले नेपाली भाषाको विकास, संरक्षण र सम्बद्घनमा विद्यालय स्तरबाटै यस्ता कार्यक्रम आवश्यक रहेको हुने बताए ।
विजयी विद्यार्थीहरुलाई प्याब्सनको स्पोर्ट्स मिटको औपचारिक कार्यक्रममा पुरस्कार वितरण गरिनेछ । कार्यक्रममा प्याब्सनका ३६ विद्यालय सहभागी थिए । प्याब्सनका अध्यक्ष मथुराप्रसाद पौडेल सानैबाट विद्यार्थीको मौलिकता र सिर्जनशीलता विकास गर्न यस खालका कार्यक्रम आयोजना गरिएको बताउँछन् ।








शुभ सिद्धार्थ सहकारीको सभा
प्रमुख पर्यटकीय पदमार्ग गम्भीर जोखिममा
माधव वियोगीलाई ‘कविशिरोमणि लेखनाथ पुरस्कार’
पोखराबेशी बहुद्देश्यीय सहकारीको निक्षेप ५ करोड
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया