कन्या क्याम्पसमा १ करोड ९ लाखको अक्षयकोष

पोखरा ।
कन्या क्याम्पस पोखराको ३२ औं वार्षिकोत्सव अवसरमा शुक्रबार मनाएको छ । त्यस अवसरमा विभिन्न शीर्षकमा ५८ जनाले छात्रवृत्ति वितरण गरिएको छ । विभिन्न संकायमा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण ५८ जनालाई ९ लाख २० हजार रुपैयाँ प्रदान गरिएको क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले बताए । उनका अनुसार यसका लागि १ करोड ९ लाख १७ हजारभन्दा बढीको अक्षयकोष छ । ३५ जना अक्षयकोषदाताबाट खडा गरिएको अक्षयकोषबाट प्राप्त ब्याजबाट छात्रवृत्ति प्रदान गरिएको उनले बताए ।
टीकाराम बास्तोला स्मृति अक्षयकोष र बुवा स्व. टंकप्रसाद खनाल तथा माता देवकुमारी खनाल स्मृति अक्षयकोष बाँकी थियो । यस वर्ष पोखरा १२ निवासी अनुज बास्तोलाबाट बुबा टीकाराम बास्तोला स्मृति अक्षयकोष स्थापनार्थ २ लाख र कन्या क्याम्पस पोखराका सहायक प्राध्यापक ऋषि खनालबाट बुबा टंकप्रसाद खनाल तथा माता देवकुमारी खनाल स्मृति अक्षयकोषका लागि ५० हजार प्राप्त भएको हो ।
अक्षय कोषको ब्याजबाट उत्कृष्ट अंक ल्याएर उत्तीर्ण ५८ जनालाई ९ लाख २० हजार छात्रवृत्ति
कक्षा ११ मा १६ जना, कक्षा १२ मा ३० जना, स्नातक तहअन्तर्गत बिबिएसमा ५०, बिएमा २०, बिएडमा ३१ र बिआइएममा २४ छात्राहरूले छात्रवृत्ति पाइरहेका छन् । स्नातकोत्तरमा १० छात्राले छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । यसरी क्याम्पसका कुल १ सय ८१ छात्रा छात्रवृत्तिमा अध्ययन गरिरहेकामा २२ जनाले मात्र शत् प्रतिशत छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । अन्य छात्राले २५ देखि ७५ प्रतिशतसम्म छात्रवृत्ति पाएका छन् । क्याम्पस प्रमुख मानन्धरले यस वर्ष अक्षयकोषमा वृद्धि गरी १ करोडको अक्षयकोष स्थापना गर्न सफल भएको बताए ।
यस अभियानमा अभियानका परिकल्पनाकार निवर्तमान अध्यक्ष योगेन्द्र प्रधान, सञ्चालक समिति परिवार तथा सम्पूर्ण दातालाई आभार व्यक्त गरे । यस वर्ष विश्वविद्यालय अनुदान आयोगबाट नियमित तथा विभिन्न कार्यक्रमका लागि ४६ लाख ६० हजार अनुदान ल्याउन सफल भएको उनले बताए । कार्यक्रममा प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले नारी शिक्षामा समर्पित पोख रा नदीपुर िस्थत क न्या क्याम्पसको प्रगति देखेर खुसी व्यक्त गरिन् ।
कार्यक्रममा विद्यार्थीले गीत तथा नृत्य गरे । साथै कवितावाचन तथा कला प्रदर्शन गरेका थिए । सप्ताहव्यापी खेलकुद कार्यक्रम तथा छात्रा भलिबल प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता आदिका विजेतालाई पुरस्कृत गरिएको थियो । क्याम्पसमा हाल ७ सय २० जना पढ्छन् । क्याम्पस सञ्चालक समिति अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको कार्यक्रममा डा भूमिराज बस्ताकोटी, छात्रा ऐश्वर्या श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरे ।









सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १२१ घटना, बागमती प्रदेश सबैभन्दा असुरक्षित
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैन: महामन्त्री थापा- पूर्ण पाठसहित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया