मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी लेकसिटीमा

पोखरा ।
लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा सोसल वर्क (सामाजिक कार्य) पढिरहेका विद्यार्थी र मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका विद्यार्थीबिच पुस ५ गते बिहीबार अन्तक्र्रिया भएको छ । उक्त विषयको पढाइका सिलसिलाको अर्बान क्याम्पका क्रममा सुर्खेतदेखि सो विद्यालयका विद्यार्थी पोखरा आइपुगेका थिए ।
सोसल वर्क पढाइ हुने गण्डकी प्रदेशकै एकमात्रै कलेज लेकसिटीका विद्यार्थीसँग सुर्खेतका विद्यार्थीले अनुभव साटासाट गरेका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयका शिक्षक डा. धनुष पाठकले सहरी शिविरका क्रममा सामाजिक कार्यको पढाइलाई प्रयोगात्मक तरिकाले कसरी लैजाने भन्ने अनुभव आदानप्रदान गर्न पोखरा आएको जानकारी गराए ।
मध्यपश्चिम विश्वविद्यालयमा सोसल वर्क पढिरहेका विद्यार्थीले आफ्ना अनुभव सुनाए भने लेकसिटी कलेजका प्रतिमा पौडेल र आशिका रानाभाटले आफ्नो कलेजका ग्रामीण र सहरी शिविरका अनुभव बाँडे । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा सामाजिक कार्य संकाय प्रमुख रोशिना कुँवरले धन्यवादसहित मध्यपश्चिमका डा. पाठकलाई मायाको चिनो प्रदान गरिन् ।
यसअघि गत वर्ष लेकसिटीका विद्यार्थी सहरी शिविरका सिलसिलामा सुर्खेत पुगेका थिए । हालैमात्रै एउटा समूह चितवनको थारु बस्तीमा ग्रामीण शिविरको अनुभव बटुलेर फर्किएको छ ।









किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
सम्पादकीय—साहित्य र संस्कृतिको नयाँ आयम
नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया