क्रिकेटमा ४८ खेलाडी छानिए

समाधान संवाददाता २०८० पुष ९ गते १३:२४

पोखरा ।

Advertisement

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कास्की जिल्ला क्रिकेट संघले यहाँका विभिन्न क्लबबाट ४८ खेलाडी छानेर ४ टिम निर्माण गरेको छ । २ दिने शिविरमा आएका ८० खेलाडीबाटरुपा, बेगनास, दिपाङ र फेवा टिम निर्माण गरिएको हो ।


टिम रुपाको क्याप्टेनमा मुस्कान थापा, कोचमा चन्द्र गुरुङ तथा म्यानेजरमा रमेश यादव छन् । बेगनासको क्याप्टेनमा कृष्ण पौडेल, कोच विजय रावत तथा म्यानेजर अरुण पौडेल छन् । दिपाङको क्याप्टेनमा विधान श्रेष्ठ, कोच रिजन प्रजु तथा म्यानेजरमा पूर्ण न्यौपाने छन् ।


टिम फेवाको क्याप्टेनमा अभिषेक थापा, कोच ऋषिकेस शर्मा पौडेल तथा म्यानेजरमा कमल थापा छानिए । पुष १० देखि जिल्ला छनोट खेल सुरु हुने आयोजक संघका कोषाध्यक्ष वीरेन्द्र पुनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया