पाेखरा इन्जिनियरिङ कलेजमा खेल सप्ताह सुरु

समाधान संवाददाता २०८० पुष ९ गते १३:२९

पोखरा ।
पोखरा ८ फिर्केमा रहेको पोखरा इन्जिनियरिङ कलेज(पेक)मा आइतबारदेखि खेल सप्ताह प्रारम्भ भएको छ । खेल सप्ताहमा म्याराथन, फुटबल, भलिबल, बास्केटबल, क्रिकेट, टिटी, ब्याडमिन्टन, फुटसल र चेस गरी ९ विधामा खेल हुँदै छन् ।

Advertisement


६ किमी रेस कलेजका प्रिन्सिपल ई सोम गुरुङले सुरुआत गरे । कलेजद्वारा हरेक वर्ष आयोजना गरिने खेल सप्ताहमा यस वर्ष पनि १८ महिने सब–ओभरसियर, ३ वर्षे ओभरसियर र स्नातक तहमा अध्ययनरत विद्यार्थीको सहभागिता छ ।


प्राविधिक शिक्षाका अध्ययन सँगसँगै खेलकुदमा विद्यार्थीको सहभागिताका लागि कलेजले हरेक वर्ष खेल सप्ताह आयोजना गर्ने गरेको कार्यक्रमका संयोजक तथा कलेजका अतिरिक्त क्रियाकलाप संयोजक ई. प्रविण श्रेष्ठले सुनाए । विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । खेल सप्ताह पु १४ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया