कालिका मावि च्याम्पियन
पोखरा ।
रुपा गाँउपालिकामा आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा १२ स्वर्ण, ३ रजतसहित रुपा १ को कालिका मावि च्याम्पियन बनेको छ । रुपा ६ को चन्द्रप्रभा मावि ५ स्वर्ण, ३ रजत र ६ कास्यसहित दोस्रो स्थानमा रह्यो ।
रुपा गाँउपालिका स्थित खेलमैदान भएको प्रतिस्पर्धामा रुपा ३ स्थित जनता माविले २ स्वर्ण, २ रजत र २ कास्यसहित तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा गाँउपालिकाका १० विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा एथलेटिक्सतर्फ १ सय, २ सय, ४ सय, ८ सय मिटर र रिले दौडमा छात्रा तथा छात्र समावेश गरिएको थियो । त्यस्तै हाइजम्प, लङजम्प, त्रिपल जम्प र सटफुट लगायतका खेलहरुमा समेत प्रतिस्पर्धा गराइएको थियो । ज्याभलिन थ्रो छात्र तथा छात्रा तथा भलिबल खेल समावेश गरिएको थियो ।
विजेता खेलाडीलाई संघीय संसद मनबहादुर गुरुङ, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा लगायतले पुरस्कार प्रदान गरे ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया