रत्नशोभा माविलाई ज्योति बैंकको कम्प्युटर सहयाेग

लेखनाथ ।
ज्योति विकास बैंक पोखरा शाखाले पोखरा महानगरपालिका २८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा ३ थान कम्प्युटर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना र विद्यालयका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीलाई संयुक्त रुपमा शुक्रबार हास्तान्तरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका सदस्यहरु समेत उपस्थिति रहेको उक्त कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कम्प्युटर प्रदान गरी सहयोग गर्ने ज्योति विकास बैंक परिवारलाई धन्यवाद दिँदै विद्यालयमा कम्प्युटरलाई अधिकतम प्रयोग गर्दै आधुनिक प्रविधि मार्फत अध्यापन गर्न सहयोग हुने बिश्वास व्यक्त गरे ।
बैंकका क्षेत्रीय प्रबन्धक विशाल लामिछानेले ‘हाम्रो विकास कोष प्रवद्र्धन कोष’ मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सूचना प्रविधि सम्बन्धी सीपको विकास हुने विश्वास व्यक्त गरे । कार्यक्रममा पोखरा न्युरोड शाखाका प्रबन्धक सुवास तिवारी, क्षेत्रीय कर्मचारी लोकनारायण मानन्धर र कृष्णप्रसाद तिवारीको उपस्थिति थियो ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया