लेखनाथ महोत्सवमा साढे ४ करोड कारोबार

पोखरा ।
लेखनाथमा जारी १९ औं संस्करणको लेखनाथ महोत्सवको छैटौ दिन मंगलबार विभिन्न विद्यालयका विद्यार्थीले मौलिक भेषभूषा र झाँकी र्यालीसहित नृत्य प्रस्तुत गरे । नृत्य प्रस्तुत गर्ने विद्यालयमा नेपाल आदर्श आवासीय मावि, रामज्योति माध्यमिक विद्यालय, न्यू एरा एकेडेमी, अल्फा एकेडेमी र त्रिभुवन शान्ति मावि छन् ।
मंगलबार उधौली उभौली पर्वको अवसरमा बिदासमेत परेकाले महोत्सवमा दर्शक उल्लेख्य थिए । कायसले कारोबारमा समेत वृद्धि भएको महोत्सवका प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । मंगलबारमात्रै ३० हजारले मेला अवलोकन गरेका छन् भने ८० लाखभन्दा बढी कारोबार भएको आयोजकको दाबी छ ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा भएको महोत्सवमा हालसम्म ४ करोड ७० लाख कारोबार भएको छ । मंगलबार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, राजु गुरुङ, आयुषा गौतम, राजन कार्की, शिवहरि ढुंगाना, अमर धिताल, पार्वती गुरुङ, मधु थापामगर लगायतले प्रस्तुती राखेका थिए ।
बेलुका लाईभ कन्सर्टमा पोखरेली माग्ने बुढा/धुर्मुस, युवराज भण्डारी र राजेन्द्र नेपाली, रचना रिमाल, टीका प्रसाई र एनएनएस ब्यान्डले स्टेज तताएका छन् । बुधबार लोकदोहोरी कलाकारहरु विष्णु खत्री, वसन्त विक, तारापति सुवेदी, भूमिका गिरी, सुनिता नेपाली, कमला सुनार लगायतको प्रस्तुति रहनेछ भने हाँस्यव्यग्यतर्फ पुरुषोत्तम भण्डारी(पुर्खेबा), साहिमा श्रेष्ठ, रमेशराज भट्टराइ, जितु पुन लगायतले हँसाउने छन् ।
रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुति लगायतका कार्यक्रम पनि जारी छन् । पुष १६ गतेसम्म चल्ने महोत्सवमा थ्रिडी आर्टमार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, ई–सेवाबाट टिकट काट्ने व्यवस्था छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया