मार्दी ट्रेकङमा विदेशी नागरिक हराए
समाधान संवाददाता
२०८० पुष १५ गते १४:४५

पोखरा ।
मार्दी हिमाल ट्रेकिङमा गएका स्वीडेनका नागरिक २० वर्षीय माइकल लियु ब्लुमबर्ग शनिबार बिहानदेखि हराइरहेका छन् ।
माइकल शनिबार बिहान ४ बजे ‘हाइ क्याम्प’बाट मार्दी आधारशिविरका लागि निस्किएका बताइएको छ ।
भ्यू प्वाइन्टबाट आधारशिविरतर्फ हिडेका माइकल त्यस पछि नफर्किएको प्रहरीले बताएको छ । लो क्याम्पमा रहेकाे अस्थायी शिविरमा पर्यटन शुल्क फारममा उनले फारम भरेका छन् । त्यसपछि अहिलेसम्म उनी सम्पर्कमा आएका छैनन् ।
माइकलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया