९० युनिट रगत संकलन

पोखरा ।
पोखरा १३ कुँडहर स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको खुला रक्तदानमा ९० युनिट रगत संकलन भएको छ । सहकारीको २५ औं वार्षिकोत्सवको तथा रजत जयन्तीको अवसरमा शनिबार रक्तदान आयोजना गरिएको हो ।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय प्रमुख भेषराज रिजालले पहिलो रक्तदाता तथा कोन सहकारीका सचिव शान्तकुमार श्रेष्ठलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरे । रिजालले सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमले समाजमा सहकारीप्रति सकारात्मक सन्देश जाने बताए ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालले कोन सहकारीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको जनाए ।
सहकारीका अध्यक्ष तीर्थबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा आकस्मिक रक्तदान युनिट पोखराका संस्थापक हरिशचन्द्र शर्मा, नेपाल रेडक्रस सोसाइटी कास्की प्रादेशिक रक्तसञ्चारका प्रमुख अर्जुृन ज्ञवाली, कोन सहकारी सञ्चालक समिति उपाध्यक्ष माधवप्रसाद सिग्देल, सचिव शान्तकुमार श्रेष्ठ, सदस्य शारदा पराजुली(सिग्देल), शिक्षा उपसमितिका संयोजक खड्कबहादुर गुरुङ(खुसीमान) लगायतले बोलेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया