सफल म्याराथनलाई प्रदेश खेलकुद परिषदको साथ

पोखरा ।
आगामी फागुन ५ गते पोखरामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई प्रदेश खेलकुद परिषद(प्रखेप) गण्डकीले सहयोग गर्ने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको म्याराथनको १८ औं संस्करणलाई प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीसहितको टोलीसँगको भेटमा शर्माले भूतपूर्व खेलाडी मञ्च समग्र खेलाडीका लाग मार्गदर्शकको रुपमा रहेको बताए । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन मञ्चको मात्रै नभई समग्र प्रदेशको भएको उनको भनाइ छ ।
सदस्य सचिव शर्माले आगामी म्याराथनका लागि गण्डकीमा रहेका ओलम्पियनहरुलाई समेत सम्झिन सुझाए
मञ्चका अध्यक्ष पराजुलीले जिल्ला खेल संघहरुसँग समन्वय गरिदिन आग्रह गरे । प्रतियोगिताका लागि हालसम्म १० राष्ट्रका धावकले नाम दर्ता गराइसकेका छन् । १८ औं संस्करणको म्याराथनको प्रोमो सार्वजनिक गरिएको छ । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले प्रोमो सार्वजनिक गरेका हुन ।
तपाईको प्रतिक्रिया