पर्यटन प्रवद्र्धन गर्न सांगीतिक अभियान

पोखरा ।
गीत संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले देशव्यापी रुपमा कन्दरा सांगीतिक अभियान २०८० गर्न लागेको छ । ‘पहिला घरदेश, अनि परदेश’ भन्ने उद्घोषसहित गीत, संगीतमार्फत पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्न गण्डकी प्रदेशको पोखराबाट अभियान सुरुवात गर्न लागेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
उनले गण्डकी प्रदेश र पोखरामा बढी भन्दा बढी पर्यटक भित्रयाउन २७ पुस २०८० पोखराको प्रर्दशनी केन्द्र नयाँबजारबाट अभियान सुरु गरी सातै प्रदेश र मुख्य सहरमा सांगीतिक कार्यक्रम गर्ने बताए । पोखराको कन्दरा व्यान्डको व्यवस्थापन, अल्फा स्क्वायर प्रालिले ‘घरदेश घुमौं, पर्यटन प्रवद्र्धन गराैं’ गुञ्जनसहित पर्यटन उद्यम पुनर्जागरण गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागेको हो ।
‘अभियानले पर्यटन उद्यमलाई पुनर्जागरण गरी गण्डकी प्रदेश र पोखरालाई पर्यटकीय गन्तव्य स्थलको सन्देश दिनेछ,’ उनले भने, ‘पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै घुमफिर संस्कृति एवं दिगो पर्यटनलाई प्रोत्साहित गर्ने गरी अर्थतन्त्र चलायमान र गतिशील बनाउनेछ ।’
उनले कन्दरा व्यान्ड लाइभ कन्सर्टको व्यवस्थापनमा अल्फा स्क्वायर प्रालिले प्रदर्शनी केन्द्रमा पहिलो पटक सबैभन्दा ठूलो साइजको स्टेज बनाएको दाबी गरे । स्टेज, साउन्ड सिस्टम र लाइटका लागि आइएसएस काठमाडौँले संयोजन गरेको छ । पोखरा पर्यटन परिषद्ले जारी प्रेश विज्ञप्तिमा कन्दराले अहिलेसम्म ६ वटा एल्वम र सयौँ गीत साँगीतिक बजारलाई दिइसकेको उल्लेख छ ।
कन्दराले मुलुकभित्र र मुलुकबाहिर गरी २ सयभन्दा बढी कन्सर्ट गरिसकेको छ । अभियानको यो पहिलो र ठूलो कन्र्सट भएको उल्लेख गर्दै विज्ञप्तिमा लिड भोकलिस्ट विवेक श्रेष्ठ, सुनील थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पंकज झाको समूहले डेढ दर्जन गीत संगीतलाई लाइभ प्रस्तुति दिने जनाइएको छ ।
देशका सातै प्रदेशमा पोखरा पर्यटन परिषद र कन्दरा ब्यान्डले गर्न लागेको यो अभियानबाट आन्तरिक पर्यटन प्रवर्धन र संगीतको विकास गर्ने लक्ष्य
कन्सर्टको टिकेटिङमा आइएमइ पे, इन्टरनेटमा डिस होम फाइबर, फ्लाइटमा बुद्ध एयर पाटर्नर छन् । आइएमइ, डिस होम, चन्द्रागिरी हिल्स, मौलाकाली केबुलकार, बुटबल हिल्स लुम्बिनी केबुलकार, भाटभटेनी सुपरमार्केट, गो बञ्जी नेपालले कन्सर्टलाई साथ र समर्थन गरेका छन् । यो कन्टर्स करिब १० हजारले अवलोकन गर्ने आयोजकको भनाइ छ ।
गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठानले मुलुकका सातै प्रदेशमा गरिने साँगीतिक अभियानको प्रवद्र्धनमा हातेमालो गरेका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठले देश भरी कार्यक्रम गर्दा साढे ४ देखि ५ करोड खर्च लाग्ने बताए । उनले कार्यक्रमबाट बचत रकम पर्यटन प्रवद्र्धनमा खर्च गर्ने उल्लेख गरे । परिषद्का उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले पर्यटन उद्यमसँग सम्बद्ध १४ वटा संस्थाको आवद्धता रहेको छाता संगठन परिषद् आयोजक र लायन्स क्लब अफ पोखरा सामिप्य सहआयोजक रहेको कन्दरा लाइभ कन्सर्टको सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको बताए ।
कन्दरा ब्यान्डका लिड भोकलिस्ट विवेक श्रेष्ठले नयाँ पुस्तालाई कन्दरा चिनाउन क्याम्पस स्तरमा अभियान गरेको जानकारी दिए । मेला महोत्सवमा सीमित लाइभ कन्सर्टलाई पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा देशव्यापी रुपमा गर्न लागेको उनले उल्लेख गरे ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का सचिव सञ्जयकान्त सिग्देल, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी र महासंघ कास्की अध्यक्ष विमला भण्डारीले बोलेका थिए ।









गण्डकीमा महिला मतदाता बढी
महामन्त्री शर्माद्वारा विशेष महाधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेस- पूर्णपाठ
कांग्रेस विशेष महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने
सक्षम सहकारीको सभा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया