आहा रारा गोल्ड कप माघ ९ देखि

पोखरा ।
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८० आउँदो माघ ९ देखि २० गतेसम्म हुने भएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौँ’ भन्ने उद्घोषका साथ सहारा क्लबले २३ वर्षदेखि पोखरामा आहा रारा गोल्ड कप गर्दै आएको छ ।
प्रतियोगितामा २ विदेशीसहित १२ टिमले सहभागिता जनाउने भएका छन् । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी हुने विदेशी टोलीमा भारतको दिल्ली फुटबल क्लब र भुटानको पारो फुटबल क्लब भएको जनाएको हो । ए डिभिजनका ८ टिम, मोफसल र आयोजकका एक–एकले सहभागिता जनाउने क्लब अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
ए डिभिजनका नेपाल प्रहरी फुटबल क्लब, मनाङ मस्र्याङदी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, जावलाखेल युथ क्लब र थ्री स्टार क्लब सहभागी हुनेछन् । नवलपुरको राईजिङ स्टार फुटबल क्लब र आयोजक सहारा क्लबको पनि सहभागिता रहनेछ ।
विजेतालाई १२ लाख, उपविजेतालाई ६ लाख रुपैयाँ दिइने सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । उत्कृष्ट ५ विधाका खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । म्यान अफ द म्याचलाई ८ हजार र फाइनलका म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिँदै आएको छ । अघिल्लो संस्करणमा भुटानिज युथ क्लबलाई पराजित गर्दै संकटा क्लबले आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया