महोत्सवमा राजु परियार र लाहुरे आउँदै

पोखरा ।
अमरसिंह मैदानमा जारी पोखरा महोत्सवको चौथो दिन आइतबार समीक्षा अधिकारीको प्रस्तुतिमा दर्शकहरुले मनोरञ्जन लिए । महोत्सवमा नेपाली पोशाक लगाएर फोटो खिच्नेको भीड लागेको छ । महोत्सवमा डिडी डान्स नृत्य प्रशिक्षण केन्द्रको सहकार्यमा नेपालमा बसोबास गर्ने विभिन्न जातजातिको भेषभूषा लगाई फोटो बुथमा तस्बिर लिनेहरुको लर्को लागेको हो ।
महोत्सवमा भोली माघ १ गते सखरखण्ड र तरुलले दर्शकलाई स्वागत समेत गर्ने आयोजकले जनाएको छ । महोत्सवमा आइतबार समीक्षा अधिकारी संगै राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरि ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुतिमा दर्शकहरुले मनोरञ्जन लिएका थिए । साँझको लाइभ ब्याण्डमा रकहेड्सको प्रस्तुतिमा युवाहरुले मनोरञ्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा जातजातिको भेषभूषामा फोटो खिचाउनेको भीड
सोमबारदेखि पोखरा महोत्सवमा विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता हुने भएको छ । १७ टिमको प्रतिष्पर्धा रहने उक्त प्रतियोगितामा माघ १ गते बेसलाइन एकेडेमी, बाल मन्दिर मावि, अमरसिंह एन र कालिका मावि बिच प्रतिस्पर्धा रहने छ ।
माघ ३ गते मेट्रोपोलिन, सेन्ट मेरिज, सरस्वती र बालकल्याण बिच प्रतिस्पर्धा रहने छ । माघ ५ गते मेरिगोल्ड, ज्ञानगंगा, राष्ट्रिय मावि र पटनेरी मावि बिच प्रतिस्पर्धा रहनेछभने माघ ६ गते कास्की मोर्डनाइज्ड, अक्सफोर्ड, ज्ञानज्योती, अमरसिंह अंग्रेजी स्कुल, र अञ्जुली बार्डिङ स्कुल बिच प्रतिस्पर्धा रहने प्रतियोगिता संयोजक विष्णु गुरुङले जानकारी दिए ।
महोत्सवमा माघ १ गते लोकदोहोरीतर्फ सोमबार राजु परियार, सिम्रन परियार, प्रजापति पराजुली, जीवन दाहाल, राजन कार्की, शिव ढुंगाना, जीवन सिग्देल, दीपक कार्की, मञ्जु विक, सुनीता नेपालीको प्रस्तुति रहनेछ । साँझको लाइभ ब्याण्डतर्फ लाहुरे एण्ड द ब्याड कम्पनीको प्रस्तुति रहने छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया