विभिन्न मुद्धामा फरार ७७ जना पक्राउ

पोखरा ।
विभिन्न मुद्धामा फरार ७७ जना फरार प्रतिवादीलाई गत पुषमा जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको छ । प्रकाउ परेका प्रतिवादीहरुलाई अदालतमा बुझाइएको कास्की प्रहरीले जनाएको छ ।
विभिन्न मुद्धामा फरार रहेका ७७ प्रतिवादीहरुले १६ वर्ष २ महिना १४ दिन कैद सजाय र ३ लाख ३ हजार ७ सय ५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार गत पुष महिनामा प्रकाउ परेका प्रतिवादी मध्य चेक अनादार मुद्धामा ४४ जना छन् । सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्धा, जुवातास मुद्धा र जालसाझी मुद्धामा ३/३ जना, लागुऔषध मुद्धामा १३ जना, लेनदेन सम्बन्धी मुद्धा र दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्धामा २/२ जना प्रकाउ परेका छन् ।
झुुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्धा, केही सार्वजनिक अपराध मुद्धा, , ज्यान सम्बन्धी मुद्धा, सवारी ज्यान मुद्धा, गैर कानुनी कारोवार सम्बन्धी मुद्धा र अपुतालि हक कायम सम्बन्धी मुद्धामा १/१ जना प्रकाउ परेका छन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया