योग सधैं सबैका लागि आवश्यक छः मेयर आचार्य

पोखरा ।
नवौं राष्ट्रिय योग दिवश २०८० को अवसरमा पोखरामा एक दिवसीय योग साधना सम्पन्न गरिएको छ । पातञ्जल योग समिति नेपाल, कास्कीले प्रदेश समिति तथा पोखरा नगर समितिको समन्वयमा सो योग साधना आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योग स्वस्थ रहनका लागि अति आवश्यक भएको बताए । उनले सबैले योग गर्नुपर्ने बताउँदै हरेक दिन बिहान ५ देखि ७ वजेसम्मको समय योगका लागि उपयोगि हुने बताए । यो समयमा योग गर्न उपयुक्त भएकोले समय मिल्दैन भनेर बहाना गर्न उचित नहुने उनको भनाइ थियो ।
पत्रकारहरुको छाता संगठन, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले योग सबैका लागि आवश्यक भएको बताइन् । उनले यसको महत्वलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने र शिक्षाको रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव भोजराज न्यौपाने, गण्डकी प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव तेजबहादुर गुरुङ, गण्डकी मेडिकल कलेजका सिइओ डा.रवीन्द्रप्रसाद श्रेष्ठ, लायन्स क्लव्स ३२५ आई का भिडिजी विनोद ढुंगाना लगायतको उपस्थिति थियो ।
पातञ्जल योग समितिका उपाध्यक्ष, गण्डकी इन्चार्ज कमला गुरुङ, कास्की तथा गण्डकी प्रदेश र नगर समितिका पदाधिकारीहरु र सयौं योग साधकहरूको सहभागिता थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय योग प्रशिक्षक प्रेम शाहीले विशेष योगा प्रदर्शन गरेका थिए । समितिले वर्षभर गरेका कार्यहरुको प्रस्तुति देखाएको थियो ।
योग प्रशिक्षक कमला गुरुङले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रम पातञ्जल योग समिति कास्कीका अध्यक्ष रामबहादुर सुनारको अध्यक्षतामा भएको थियो । सञ्चालन सचिव मुक्ति पनेरूले गरेका थिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया