पियुमा दिगो विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन

समाधान संवाददाता
पोखरा
पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकाय एवं स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङले आयोजना गरेको दिगो विकासमा अन्तर्राष्ट्रिय सम्मेलन आइतबार सकिएको छ । ‘दिगो विकासः दृष्ट्रिकोण, तयारी र कार्यहरूमा अन्तर्राष्ट्रिय सम्मेलन’ नाम दिइएको यस सम्मेलन पोखरा विश्वविद्यालयका रजिस्ट्रार गोविन्दप्रसाद शर्माले उद्घाटन गरे ।
रजिष्ट्रार शर्माले विश्वव्यापी साझा विषय र चुनौतीका रूपमा रहेका आर्थिक, सामाजिक, र पर्यावरणीय समस्या न्यूनीकरण गर्ने दिशामा सम्मेलन फलिभूत हुने विश्वास व्यक्त गरे । मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राडा इन्द्रप्रसाद तिवारीलेसाधन र स्रोतले सम्पन्न मुलुकका लागि बहुमूल्य सम्पदा संरक्षण र संवद्र्धन, भौतिक पूर्वाधारको जोखिम न्यूनीकरण, पर्यटन विकास, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण कसरी गर्ने भन्ने विषय नै प्रमुख चुनौती रहेको बताए ।
पूर्व रजिष्ट्रार प्राडा. ओमप्रकाश शर्माले मानव समाजले भोग्नुपरेका तनाव र जटिलतालाई सुरक्षित र सन्तुलन कायम राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । दिगो आर्थिक विकास र वातावरण संरक्षण गर्दै परिवर्तनमुखी मानव सम्भयताका लागि जिम्मेवारी बिर्सन नहुने उनका भनाइ छ ।
स्वास्थ्य विज्ञान संकायका डिन डा. खेमराज जोशीले गुणात्मक शिक्षा प्राप्तिमा देखिएका चुनौती र अवसर लेखाजोखा गर्दै त्यसको नीति निर्माणमा सम्मेलनले दिशा निर्देश गर्ने विश्वास व्यक्त गरे । स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इन्जिनियरिङ पोखरा विश्वविद्यालयका निर्देशक डा. रामप्रसाद अर्याललेसम्मेलनको महत्व र उपलब्धिका बारेमा प्रकाश पारे ।
सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, साउदी अरेबिया, फ्रान्स, भियतनाम, क्यानडा र अमेरिकाबाट दिगो विकास, दृष्टिकोण, तयारी र कार्यहरूका ९ वटा विषयमा ४१ वटा कार्यपत्र प्रस्तुत भएका भए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया