मेडिकल इमेजिङको पाठ्यक्रममाथि छलफल

पोखरा ।
पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले स्वास्थ्य विज्ञान संकायमार्फत सञ्चालनमा ल्याउन लागेको बिएस्सी मेडिकल इमेजिङ टेक्नोलोजी (बिएस्सी एमआइटी ) को पाठ्यक्रमलाई अन्तिम रुप लागेको छ ।
यसका लागि कार्यशाला आयोजना गरिएको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा पूर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य विज्ञान संकाय अन्तर्गत नर्सिङ, फार्मेसी जनस्वास्थ्य, मेडिकल ल्याब टेक्नोलोजी, फिजियोथेरापी र अप्टोमेट्री विषय पढाइ भइरहेको र रोग निदानका लागि आवश्यक जनशक्ति उत्पादनका लागि बिएस्सी एमआइटी विषयको अध्यापन जरुरी हुने पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा अमर नागिलाले बताए ।
बिस्सी एमआइटीमा पढाइ हुने विविध विषयबारे देश भरबाट आएका सम्बन्धित विषय विज्ञद्वारा तयार पारिएको चार वर्षे पाठ्यक्रमलाई अन्तिम रुप दिन कार्यशाला गरिएको बिएस्सी एमआइटी विषय समिति अध्यक्ष प्राडा गणेशबहादुर पोखरेलले बताए । कार्यक्रमाम पोविवि रिसर्च सेन्टरका कार्यकारी निर्देशक डा नमराज धामी, स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका निर्देशक विमला भट्ट, गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिना लगायत सहभागी थिए ।
चिकित्सा शिक्षा ऐनको व्यवस्था वमोजिम स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम सञ्चालनका लागि आफ्नै सय बेडको अस्पताल आवश्यक पर्ने भएकाले गर्दा पोखरा विश्वविद्यालयले पोखरा ३० मा अस्पताल सञ्चालनको तयारी गरेको छ । स्वास्थ्य विज्ञान संकायमा अहिले पनि विद्यार्थीको चाप उल्लेख्य रहेको उपप्राध्यापक विजय सुवेदी बताउँछन् ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया