उपकार सहकारीले गर्यो सरसफाइ

पोखरा ।
पोखरा महानगर पालिका वडा नम्बर ६, बैदाम नारेश्वरमा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवस वडास्तरीय सरसफाइ गरी मनाएको छ । सहकारीले शनिबार १५ औं स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो पोखरा सफा बैदाम’ भन्ने मूलनारालाई सार्थक बनाउन कार्यक्रम आयोजना गरेको हो ।
पोखरा महानगर पालिका वडा नम्बर ६ बैदाममा रहेका १७ वटा आमा समूहहरुको सहभागितामा बैदाम क्षेत्रको सत्राैं स्थानबाट एकसाथ सुरु गरी सरसफाइ अभियान थालिएको थियो । अभियानमा ८० बोरा नकुहिने प्लास्टिक जन्य फोहोर संकलन गरिएको संस्थाका सचिव सुन्दरराज पहारीले जानकारी गराएका थिए ।
कार्यक्रममा सहकारीका सदस्यहरु सहित आमा समूहहरु गरी करिब १ सय ५० जनाको बृहत सहभागितामा फोहर संकलन गरिको थियो । पोखरा महानगर पालिका फोहोर व्यवस्थापन समितिसँग समन्वय गरी व्यवस्थापन गरिएको लेखा समितिका सदस्य हेडम्बराज अधिकारीले जानकारी दिए ।
सफाई अभियानको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको सरसफाईमा सबै संघसंस्था लाग्नुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको बताए ।
२०६५ सालमा स्थापना भएको सहकारीमा ९ करोड ४० लाख सेयर पुँजी छ । ४२ करोड रुपैया भन्दा माथि लगानी रहेको सहकारीमा तरलता प्रतिशत २५५ छ । खुला सदस्य नीति अनुरुप हालसम्म ३ सय ७२ जना सेयर सदस्य छन् ।









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया